२० किलो चाँदीसहित एक जना पक्राउ I

रौतहट, ११ कात्तिक,

जिल्ला प्रहरी कार्यालय रौतहटले २० किलो चाँदीसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । सदरमुकाम गौरस्थित कबिरचौकबाट सो परिमाणको चाँदीसहित गरुडाबैरिया-६ का १६ वषर्ीय राजन झालाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रकाश चौधरीले बताउनुभयो ।

काठमाडाँैबाट ल्याइएको चाँदी तस्करीको माध्यमले भारततर्फलैजान लागेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले झाको झोला खानतलासी गर्दा उक्त चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको चाँदी तथा अभियुक्तलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने तयारी भइरहेको छ । बरामद चाँदीको बजार मूल्य रु २० लाखभन्दा बढी पर्ने बताइएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com