इबोला अब आधा घण्टामै पत्ता लाग्ने I

 कार्तिक ११,

विश्वभर सनसनी मच्चाइरहेको इबोला भाइरस भए–नभएको अब आधा घण्टामै पत्ता लगाउन सकिने भएको छ । वैज्ञानिकहरुले निर्माण गरेको यस्तो प्रविधि अब डाक्टरहरुका लागि पनि उपलब्ध हुने भएको  छ । वैज्ञानिकहरुका अनुसार डीएनए प्रोग्रामिङवाला ब्लटिङ पेपरको मद्दतले इबोला परीक्षण गर्न सकिनेछ ।


केबल १२ घण्टामा प्रोटोटाइप इबोला टेष्ट गर्न सकिने अनुसन्धानकर्ताले प्रमाणित गरेका छन्, जसलाई बनाउन २० डलर बराबरको सामग्री प्रयोग गर्न सकिनेछ । यो परीक्षणमा एक जैविक घोल प्रयोग गर्न सकिनेछ, जसमा आरएनए (राइबोन्युक्लिक एसिड) पनि मिसाइन्छ । आरएनए मानिसको आनुवंशिकीमा प्रमुख भूमिका निर्वाह गर्छ । 

अनुसन्धानकर्ताका अनुसार यसलाई फ्रिज–ड्राई (कुनै पनि प्रकारको घोललाई संरक्षण गर्ने विशेष किसिमको विधि) गरेर साधारण कागजमा संरक्षित गर्न सकिनेछ । बोस्टन विश्वविद्यालय र हार्भर्ड विश्वविद्यालयसंग आबद्ध अनुसन्धानकर्ता जिम कोलिनले यो अनुसन्धानको नेतृत्व गरेका हुन् । कोलिनका अनुसार यो जैविक चूर्ण साधारण पानीको प्रयोगबाट पनि सक्रिय हुन सक्छ । ‘जब यो पाउडर दोस्रोपटक भिज्छ, त्यसपछि सानो कागजको टुक्रामा यसले यसरी काम गर्छ कि त्यसभित्र जिवित कोशिका हुन्छ ।’ कोलिन भन्छन् ।

कोलिनका अनुसार केबल १२ घण्टामा उनको टीमका दुई जनाले इबोला परीक्षण गर्ने २४ सेन्सर बनाए । यो परीक्षण किटले इबोला संक्रमितमा पहेंलो रंगलाई बैजनी रंगमा परिवर्तन गरिदिन्छ । यो परिवर्तन आधा घण्टामा देखिन्छ । शोधकर्ताका अनुसार परम्परागत एन्टीबडी टेष्टमा परिणाम आउन महिनौं लाग्छ र यसमा थुप्रै रकम खर्च हुन्छ । तर, इबोलाको संक्रमण यसरी वृहत रुपमा फैलिएको अवस्थामा यो परीक्षणले काम नगर्ने कोलिन्सको भनाई छ । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com