तेल अभिव (इजरेल) कार्तिक १२,
बैदेशिक रोजगारको सिलसिलामा अहिले इज़रायलमा कार्यरत गजलकार कल्पना पौडेल ‘जिज्ञासु’ले आफ्नो दोस्रो एकल गजल कृति सार्वजनिक गरेकी छिन् ।
नेपाली साहित्यलाई सधैं आत्मसाथ गर्ने उनले सृजना गरेका गजलहरूलाई कृतिमा समेटेर गजलसंग्रह ‘जून हराएको रात’ पाठकमाझ ल्याएकी हुन् । दुई वर्षअघि उनले गजल पुस्तक '' भावनाका भेलहरु'' पाठकमाझ ल्याइसकेकी छन्। संग्रहमा उनले १ सय ओटा गजल समेटेकी छन् ।
विदेशी माटोलाई कर्म क्षेत्र बनाएर बस्दाका पीडा, देशको सम्झना, राष्ट्रप्रतिको मायाजस्ता प्रसंगलाई उनले आफ्ना गजलमा समेटेकी छिन् । प्रेम भाव, नारी भाव, वैराग्य भावमा पनि उनले गजल लेखेर यो कृतिमा समेटेकी छन् ।
यो गजल गजल लेखनबाटै गत वर्ष गजलश्री पुरस्कार र सम्मान पाएकी कल्पनाले सो पुरस्कारले पनि आफूलाई गजल लेखनमा उत्साह बढेको बताएकी छन् । पुस्तकलाई कल्पना फाउन्डेसनले प्रकाशन गरेको हो । विश्व नेपाली साहित्य महासंघ इजरायलकी सह-सचिव कल्पनाको यो कृतिमा समेटिएका गजल पठनीय छन् ।