अवैध जडीबुटीको कारोबार गर्नेलाई पक्राउ I

गोरखाबजार, १२ कात्तिक,

गोरखाको दुर्गम गाउँ सिर्दिवास गाविस–२ स्थित घट्टेखोलाबाट प्रहरीले अवैध जडीबुटीको कारोबार गर्नेलाई पक्राउ गरेको छ । प्रहरी चौकी सिर्दिवासबाट खटिएको प्रहरी टोलीले सिर्दिवास–८ फिलिमका २६ वर्षीया सुक्दे गुरुङ, ६५ वर्षीय लिम्बा गुरुङ र वडा नं २ घट्टेखोलाका २५ वर्षीय रमन गुरुङलाई आज दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट पाँचऔले आठ किलो, निरमसी पाँच किलो र चिनियाँ च्याउ २५० ग्राम नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिए । सदरमुकामबाट सिर्दिवास ३० कोशको दूरीमा पर्छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com