"स्वैच्छिक सेवा भनेको देबी र देवतालाई पूजा गर्नु जस्तै हो " अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसीका निवर्तमान अधक्ष्य डा ठाकूर पुडासैनी
अमेरिकाको नेपाली समुदायको सबै भन्दा जेठो सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसीका निवर्तमान अधक्ष्य डा ठाकूर पुडासैनी (बिध्या वारिधि ) संग अमेरिकाको डिसीमा विजय थापाले लिएको अन्तर्वार्ता.........
उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ अमेरिका नेपाल समाजको स्थापना नेपालका लागि तत्कालिन अमेरिकाका पूर्व राजदुत एल्स्वर्थ बंकर प्रथम मानार्थ सभापति रहेको उक्त संस्था बंकर भियतनाम युद्धमा व्यस्त भएको समयमा १९६७ मा वाशिंगटन डिसीमा नेपाली समुदायको लागि स्थापना गरि दिएका हुन् ।

डा ठाकूर पुडासैनी अमेरिका आउनु अगाडी देखि नै नेपालका विभिन्न सामाजिक संस्थामा आबद्ध भएको बताउनु भएको छ भने डा.पुडासैनी ,काठमाडौँ जोरपाटी घर भै झन्डै १ दशक देखि अमेरिकाको भर्जिनियाको मनासस क्षेत्रमा बसोबास गर्दै आउनु भएको छ ।
उक्त संस्थामा पदावधि सफलता पुर्वक सम्पन्न गरि नेतृत्व नया पिढीलाइ कार्यभार हस्तान्तरण गर्नु भएका निवर्तमान अधक्ष्य डा पुडासैनी संग वहाले गरेका उल्लेखनीय काम तथा अन्य बिषयको सेरोफेरोमा राखिएको सवालको जवाफमा वहाको भनाई जस्ताको तस्तै . . .
प्रश्न : बागडोर हस्तान्तरण गर्दा दुख या सुख हुन्छ ? के भन्नु हुन्छ :
हस्तान्तरण निरन्तर प्रकिया हो ,प्रश्नले एउटा नदीको कविता सम्झना गरायो । कबि एल्फ्रेड टेनिसनले भनेका छन् मानिस आउछन र जान्छन तर म सधै बगी रहेको हुन्छु " अर्थात् यो कवितामा नदि भनेको संगठन भने जस्तै संस्था निरन्तर प्रक्रिया हो

मानिसले २-४ बर्ष समयको लागि नेतृत्व लिन्छ र मैले हस्तान्तरण गरेकोमा खुशी छु र मेरो आफ्नी २ बर्षे पदावधि, सफलतापुर्वक सम्पन्न गरे ।
प्रश्न :संघ तथा संस्थामा अचानक आएको बितृष्णा भनौ या अभिरुचि घट्दै जानुले कतै संघ तथा संस्थामा कालान्तरमा नेतृत्वमा संकट त कतै आउदैन ?
उत्तर :डा पुडासैनी : समुदायको काम भनेको अवैतनिक काम हो ,हामी संस्था स्वयम् सेवक रुपमा सूचना र शिक्षा बिस्तार गर्न प्रवेश गर्दछौ । एक आपसमा सहयोग र संचारको आदान प्रदान गर्दछौ । यसै शिलशिलामा भावना र खुशी साटासाट गर्दछौ । एकताबाट जस्तो सुकै मुस्किल काम सरल रुपमा हासिल गर्न सकिने हुन्छ भने हामीले समुदायलाई उदाहरणीय काम गर्दै प्रोत्साहन गर्नु पर्छ भन्ने लागेको छ । यस्तो गरेमा संकट र बितृष्णा नआउला भन्ने मेरो मान्यता रहेको छ ।
प्रश्न : १ ,२ ३ मा भन्नु पर्दा तपाईले १९६७ देखि यो संस्थाको स्थापना देखि के ४. त्यस्तो उल्लेखनीय काम आफ्नो कार्यकालमा गर्नु भएको छ ? बताउन मिल्ला ?
अन्यले जस्तै ,आफुले शिक्षा क्षेत्रमा ज्यादा काम गरेको जस्तो लागेको छ l आफ्नो नेतृत्व कालमा गरेका कामहरुले अवस्य पनि नेपालको पर्यटन उद्योगको विकासको चेतनामा सहयोग हुनेछ भने विश्वास लिएको छु । १ ,२ ३ मा भन्नु पर्दा उल्लेख्य काममा अमेरिका नेपाल सोसाईटी बिनोद तथा सावित्री छात्रवृद्धि ,अमेरिका नेपाल सोसाईटी डिसी महानगरीय बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता , राउटे जाति लोपोन्मुख बिषयक बहस कार्यक्रम , भबिश्यका उद्यमी सम्बन्धि अन्तरक्रिया , अधिक आर्थिक सूचक अन्तरक्रिया ,नाम्जेको भूमिगत ज़ल पुस्तक सम्बधि बहस कार्यक्रम , निबन्ध प्रतियोगिता ,नेपालको विकासको लागि लगानी अन्तरक्रिया तथा अन्य थुप्रै कामहरु सबैको सहयोगमा गरेका थियौ ।

प्रश्न : नेतृत्व लिदा के कुरामा खुशी थियो र कार्यकालमा के के हुदा मन दुखि हुने हुन्छ ,झर्को नमानी बताई दिनु हुन्छ कि ?
उत्तर :डा पुडासैनी :समुदायको तर्फ बाट आफुले नेतृत्व गर्न पाएकोमा हर्ष लाग्नु स्वाभाविक हुन्छ । र समुदायमा बृहत स्वैच्छिक काम गर्नु पर्ने भयकोले त्यो मेरो लागि अवसर थियो । म सधै खुशी हुने मौका पाए ।
प्रश्न : मुर्धन्य पदमा बसे पछि सबै लाई मिलाउन कति गार्हो हुन्छ ? कतिको संबेदनशिल हुनु पर्छ ?
उत्तर :डा पुडासैनी : नेतृत्व र व्यवस्थापन दुई भिन्न कुराहरु हुन , नेतृत्व लिनु भनेको समुदायको काम गर्नु हुन्छ । सबै समुदाय सदस्य तथा आफ्ना समिति संग समन्वय राख्नु भनेको नेतृत्व हुन्छ तर व्यवस्थापन भनेको सम्पूर्ण श्रोतलाई हेर्दै निश्चित समयको लागि प्रदान गरिएको काम फत्ते गर्नु हो lकेहि मतभेद आउनु स्वाभाविक हुन्छ तर यी सबै लाई समन्वय गर्दै तगाराहरुलाई पन्छ्याउदै अगाडी बढ्नु बुद्धिमानी हुन्छ । सफलता अवश्य पनि हासिल गर्न सकिन्छ तर यसको लागि हामीमा उत्साह र उमंग हुनु पर्छ ।
प्रश्न : दुई बर्ष छिटो गयो कि अत्यन्तै गार्हो भो ? के भन्नु हुन्छ ?
समय र छालले कसैलाई पर्खदैनन भनेको जस्तो । मलाई मन पर्ने एउटा उखान सम्झन्छु " दिन पछि रात हुन्छ ,महिना पछि बर्ष हुन्छ .एक बर्ष पछि फेरी दुई बर्ष हुन्छ ,यसरि समयले फड्को हानी रहेको हुन्छ । र मेरो लागि समय यति छिटो भाग्दछ कि म समुदायको काममा यति दत्त चित्त भएर लागेको हुन्छु कि त्यो समय चलेको थाहाँ नै पाउदिन ,खैर यसरि नै आफ्नो समय बितेको छ ।
प्रश्न : कुन बेला तपाई सन्तुस्ट हुनु भयो र कति बेला ज्यादै असन्तुस्ट हुनु पर्यो ?
उत्तर :डा पुडासैनी : मैले अगाडी नै चर्चा गरेको मेरो कामा केवल स्वयंसेवक थियो र सबै समयमा खुशी थिए
प्रश्न : कुनै बेला त्यस्तो विषम परिस्थिति को सामना गर्नु पर्यो कि परेन ? जसको कारण पद लाई लत्याएर कहिँ बनबास जानु पर्ला भन्ने सोच आयो ? के भन्नु हुन्छ ?
उत्तर : डा पुडासैनी : कदापी सोचिन ,मैले समुदायको काम पूर्ण ईमान्दारीको साथ उत्तर दायित्व बहन गरेको छु ,भाग्यवस कहिले पनि त्यस्तो अवस्थाको सामना गर्नु परेन ।
प्रश्न :स्थापना काल देखि २००८ सम्म हरेक समितिमा यहि जन्मेका बिदेशी नागरिक अमेरिकनलाई सहभागी गराईन्थ्यो तर तपाई स्वयम् प्रथम उपाधक्ष्यमा उम्मेदवारी दिए पछि त्यहाँ देखि अमेरिकनहरुको सहभागितामा पुरै खडेरी लागेको भन्छन ?
उत्तर : डा पुडासैनी : हामी अगाडी बढ्दै जानु पर्छ । मिलेर काम गर्दै आगामी दिनमा अमेरिकनहरुको सहभागिता बढाउनु पर्छ ।
उत्तर : डा पुडासैनी : हामी अगाडी बढ्दै जानु पर्छ । मिलेर काम गर्दै आगामी दिनमा अमेरिकनहरुको सहभागिता बढाउनु पर्छ ।
प्रश्न : जादा जादै ,अब सामाजिक सेवामा लाग्ने ईक्षा गर्नेलाई केहि भन्न चाहनु हुन्छ या केहि मूल मन्त्र दिनु हुन्छ कि ?
उत्तर : डा पुडासैनी : हामीले बुझेका छौ कि ,स्वैच्छिक सेवा भनेको देबी र देवतालाई पूजा गर्नु जस्तै हो । स्वयम् सेवाले भोख मरी ,रोग र गरिबीलाई निर्मुल गर्दछ । बृहत अर्थमा ,मनुष्य जातिको लागि सेवा हो र म सबै लाई यो यज्ञमा आउन आग्रह गर्दछु । (प्रस्तुत बिजय थापा)