भक्तपुर, २ कात्तिक ,
तिहार नजिकिएसँगै नेवार समुदायमा परम्परागत रुपमा मखमली फूलखेती गर्ने वनमाला जातिको प्रमुख पेसा बनाउँदै आएका भक्तपुर ताथलीका वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ ।
तिहार नजिकै आएपछि तिहारको भाइटीकाका लागि नभइनहुने मखमली फूलमाला उन्न ताथली-६ का वनमाला समुदायको प्रत्येक घरका केटाकेटीदेखि महिला र पुरुषसमेत माला उन्नमा व्यस्त हुन थालेका छन् । आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएका ताथली गाविसमा ३७ घरपरिवार रहेका वनमाला समुदायलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याइ भएको स्थानीय विष्णु वनमालाले बताउनुभयो ।
तिहारका लागि यहाँका वनमाला समुदायले कम्तीमा एक रोपनीदेखि १० रोपनीसम्म जग्गामा मखमली फूलखेती गर्ने गरेका स्थानीय बताउँछन् । वैशाख-जेठ महिनामा र्छर्ने मखमली फूल साउन महिनादेखि फूलेपछि भदौदेखि नै फूल टिपेर माला उन्न व्यस्त रहने वनमालाहरु यतिखेर माला उन्न र बजारमा लैजान भ्याइनभ्याइ छ । यसरी उनेका फूलमाला उपत्यकाका सहरलगायत बनेपा, धुलिखेल र पोखरालगायतका स्थानमा बिक्रीका लागि निर्यात गर्ने गरिएको स्थानीय राम वनमालाले जानकारी दिनुभयो । स्थानीय कर्ण्र्ााादुर वनमालाले फूलबाटै राम्रो आम्दामी भएपछि वनमाला समुदाय प्रत्येक वर्षमखमली फूलखेतीतर्फआकषिर्त हुने गरेको बताउनुहुन्छ ।
उहाँका अनुसार तिहारमा फूलमात्र बेचेर एक परिवारले रु एक लाखदेखि रु आठ लाखसम्म कमाउने गरेको छन् । दिनभरि माला उन्नमा दिन बित्ने गरेको बताउँदै किसान अम्बिका वनमालाले अहिलेसम्ममा करिब २० हजार फूलको माला उनिसकेको बताउनुभयो । बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेको उहाँले बताउनुभयो । तिहारको समयमा मखमली फूलको प्रतिमाला कम्तीमा रु १५ देखि बढीमा रु १०० सम्ममा माला बिक्री हुने गरेको र माला लिन गाउँमै व्यापारी आउने गरी जग्गा भाडामा लिएर पनि फूलखेती गर्ने गरेको यहाँका वनमाला बताउँछन् ।
कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चावहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पर्ूवमा काभ्रेको विभिन्न ठाउँमा समेत यहाँका माला पुग्ने गरेको स्थानीय कुमार वनमालाले बताउनुभयो । जिल्लामा पछिल्लो समयमा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोट गाविसमा व्यावसायिक रुपमा मखमली र सयपत्री फूलखेती गर्न थालेका छन् । धानमा भन्दा फूलमा चौगुना फाइदा हुनेभएपछि यसतर्फकिसान आकषिर्त भएको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।
एक रोपनी खेतको भाडा रु छदेखि रु १० हजार तिर्ने किसानले एकरोपनी जग्गामा फूलबाट कम्तीमा रु ४० हजार आम्दामी हुनेभएपछि यसतर्फउनीहरु आकषिर्त भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार भक्तपुरबाट तिहारमा मात्रै रु तीन करोडबराबरको फूलको व्यापार हुने गरेको छ । रासस: