काठमान्डू आश्विन २७,
जिल्लाको दैजी धर्मपुरका स्थानीय बासिन्दाले आर्थिक सहयोग जुटाएर गाउँमै स्वास्थ्य चौकी सञ्चालनमा ल्याएका छन् ।
स्थानीयवासीले स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता भएकाले वर्षौंदेखि गाउँमा सञ्चालन हुँदै आएको गाउँघर क्लिनिकलाई स्वास्थ्य चौकी बनाएका हुन् ।
बछेला सामुदायिक वनको पुरानो भवनमा राखिएको प्रस्तावित धर्मपुर स्वास्थ्य चौकीबाट दैनिक ३५–४० जनासम्म गाउँलेले स्वास्थ्य सेवा लिने गरेका छन् । चौकीमा अहेव, अनमी र सहायकसहित तीन जना छन् ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर विकले सामान्य स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने र बर्खायाममा खोलानालाका कारण बाहिर पनि जान नसकिने भएकाले गाउँमै चौकी सञ्चालन गरिएको बताए ।
पाँच वर्षदेखि सञ्चालित चौकीका अहेवसहित कर्मचारीलाई जनस्वास्थ्य कार्यालय, गाविस कार्यालय र स्थानीय बासिन्दाको सहयोगबाट पारिश्रमिक दिनेगरेको अध्यक्ष विकले बताए । रासस :