'' हाइकु '' By, श्रीभक्त पौडेल ¨आफन्त¨


 '' हाइकु '' By, श्रीभक्त पौडेल ¨आफन्त¨

रूझायो लौन 
बेमौषम झरिले
ओढ्नी भूलेछु!

नगास्नु थियो 
गासियो माया प्रेम 
त्यो चरी सँग!

बोलायो आज 
शुशेलिमा कसैले 
कोही देखिन!

भर लागेन 
भूरूरू उडिजाने 
चरीको पनि!

रमिता मात्र
आँखाका नानीमा ति 
स्वप्नाका परी!

हराए मेरा 
पुराना घोस्लाका ति 
छेस्काहरु नि!

रङ्गिन चाह
सपना सपना नै 
श्याम श्वेतमा! 

अत्यास मात्र
लामो जिन्दगी मेरो 
अप्ठेरो यात्रा!

नगासे दिदी 
ओइलाई जाला है 
जमरा जस्तै!

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन 
हाल सान सेबास्टिअन,स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com