तेह्रथुम, १२ कात्तिक,
उद्योग मन्त्री महेश बस्नेतले ‘एक नेपाली, एक घरेलु उत्पादन’को प्रयोगको अभियान चलाउनुपर्ने बताउनुभएको छ । उहाँले विदेशीको उत्पादनलाई प्रयोग गर्नुभन्दा स्थानीय उद्यमीले उत्पादन गरेको वस्तु उपभोग गरे स्थानीय उद्यमीको विकास तथा पर््रवर्द्धन हुने धारणा राख्नु भयो ।
आज तेह्रथुमको म्याङलुङमा आयोजित लघु उद्यमीद्वारा उत्पादित वस्तुको पर््रदर्शनी उद्घाटन गर्दै मन्त्री बस्नेतले तेह्रथुमबासीेले कम्तिमा यहाँ उत्पादित ढाका टोपी मात्र लगाए पनि स्थानीय उद्यमीको पर््रवर्द्धन हुने बताउनुभयो । उहाँले ब्राहृमण समुदायमा जनै नलगाउने ब्राहृमण नहुने संस्कृति भएजस्तै नेपालीको पहिचान झल्कने ढाका टोपी नलगाए नेपाली नहुने संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्री बस्नेतलेे सरकारले एक निर्वाचन क्षेत्रमा कम्तिमा एक हस्तग्राम निर्माणको पहल गरिरहेको पनि बताउनुभयो । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टर्राई, सहसचिव एवम् लघु उद्यम विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक यामकुमारी खतिवडाले लघु उद्यमको विकासका लागि उद्योग मन्त्रालयले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर््रदर्शनीमा तेह्रथुमका उद्यमीले उत्पादन गरेका ढाका कपडा, राडी पाखी, अर्थोडक्स चिया, खुकुरी, मह, अल्लो, बेदबाँसका सामग्रीलगायत वस्तुहरू राखिएकोे छ । रासस: