आश्विन २७ ,भर्जिनिया
विजय थापा : अमेरिकाको मिसिगन राज्यमा एक दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आएकी नेपाली मुलकी चाँदनी सुवालले गत आश्विन २४ गते मिसिगनको वाटर फोर्डमा एकल चित्रकला प्रदर्शनी गरेकी छिन् ।
काठमाडौँ जन्म भएकी सुवालले आफ्नो जीवनकाल भर चित्रकलाको माध्यमबाट स्वयम् लाई अभिव्यक्त गर्ने गरेकी छिन् । प्रदर्शनीमा नेपाल झल्कने र नेपाललाई चिनाउने प्रकारका उनले कोरेका चित्रकलाहरु प्रदर्शनी गरिएका थिए । नेपाली तथा बिदेशीहरुले अबलोकन गर्नुको साथै पनि नेपाल बारे सोधपुछ गरेको र केहि बिदेशीहरुले खरिद पनि गरेको बताईन ।
उनले अमेरिकाको बिभिन्न राज्यहरुमा एकल चित्रकला प्रदर्शनी गरि सकेकी छिन् भने आउदो शरद ऋतुमा पुन क्लार्क्सनमा प्रदर्शनी गर्ने भएकी छिन् ।
उनि अमेरिकाको मध्ये पुर्वमा निक्कै चर्चित हुन् थालेकी छिन् । काठमाडौँ हुदा देखि नै आफु त्यो पेसामा संलग्न रहेको भएता पनि अमेरिकामा उचित समय व्यवस्थापन गर्न नसकेको कारण धेरै बर्ष यसरि आफ्नो कलालाई स्थगित गर्नु परेको बताएकि छिन् ।
सुवाल नेपालमा हुदा देखि नै उत्सव समयमा सुवाल गृह पूर्ण चित्रकला प्रदर्शनीले सजि सजाउ हुने गरेको जानकारी गराईन । कला र प्रतिभा मर्न नदिन नेपाल र नेपालीको पहिचानको लागि आफु भित्र लुकेको प्रतिभालाई पस्कने बताउदै यसलाई निरन्तरता दिने जानकारी गराईन ।
उनले मिसिगन ,सिकागोमा एकल प्रदर्शनी गरि सकेकी छिन् भने भबिस्यमा बोस्टन र उथाह राज्यहरुमा पनि प्रदर्शनी गर्ने सोच बनाई रहेको जानकारी गराएकी छिन् ।