संस्मरण : रक्तपात भए पछि करातेको गुरु भए I

विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन। हाम्रा बाजे बराजुले त्यसै यस्तो उखान राखेका रहेनछन भन्ने अधिकांसलाई लागेको हुनु पर्छ आफ्नो बसाई परदेशमा छ तर अचानक आफुले करिब २५ बर्ष सम्म बिताएको नेपालको सुन्दर नगरी धरान सम्झन पुगे

आफ्ना एक छिमेकि भट्टराई भाई ,संयोगबस उनि हाल अमेरिकाको नेपालीहरुको पातलो वस्ती भएको राज्यमा बसोबास गर्छन करिब ६ महिना भन्दा ज्यादा भिषण उख्पात हड्डी चिसो बनाउने अलास्का राज्यमा बसोबास गर्छन उनि करातेका अमेरिकाको चर्चित कराते संघका अन्तर राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक पनि छन्
 
उनको पुरा नाम सरोज भट्टराई हो उनि थानेश्वरका चेला हुन् भने बिश्व भरि उनका धेरै मित्रहरु र चेलाहरु पनि रहेका छन् l उनि करातेको शिलशिलामा विषका अनेकौ राष्ट्रहरु भ्रमण गरेका छन्
 
म पनि किसोर अवस्थामा थिए भने उनि म भन्दा उमेरको हिसाबमा कान्छा थिए घर अगाडी नै उनको घर भएकोले उनको बानि बारेमा अधिकांश थाहा पाउथे किनभने मेरो कान्छो भाई को साथी भएता पनि म संग खेल्ने गर्थे र म उ संग त्यो समयमा हामीले खेल्ने भित्रि बाहिरी या छिया भन्ने गरिन्थ्यो ल मलाई थाहा छैन त्यो खेल अझ पनि नेपालमा खेल्ने गरिन्छ या गरिदैन
 
उनले कहाँ बाट पैसा ल्याउथे मैले उनले ल्याएको पैदा जिती दिन्थे तुरुन्तै गएर चानचुने पैसा ल्याउथे अमेरिकामा उनि संग त्यो बिषयमा कुरा हुदा उनले भने हजुरआमाले राखेको थैलीमा रहेको पैसा उडाएर ल्याएका रहेछन अमेरिकामा हामी बिच कुरा हुदा उनले खुलाशा गर्दा दुवै जना खुब हासेका थियौ
 
त्यो थियो रमाइलो किसोर अवस्थाको स्वर्णिम दिनहरु उनि अलिक उग्र पनि थिए र चकचक गर्ने गरेको मैले देखेको थिए उनको खून पनि तातो थियो र केहि भयो कि भिडी हाल्थे निडर पनि थिए फुर्तिला र जोशिला पनि थिए सानै देखि साहसी पनि थिए तर उनका पिता सरकारी जागिर भएकोले सरुवा भए देखि निक्कै बर्ष सम्म मैले देखिन
 
उनि दुर संचारका कर्मचारी थिए उनि झगडालु स्वभावका थिए र साना तिना झगडामा मुक्का मुक्की चलाई हाल्थे प्राय पराजित हुदैन थिए एक दिन धरान वडा ४ का नै उनकै मिल्ने मित्र बिनोद घिमिरे नामका साथीसंग उनको झगडा हुनु पुग्यो उनिले पहिलो झगडामा छिटो हुनाले आफुले जितेका थिए तर दोश्रो पटकको मुक्का मुक्किमा सायद बिनोद घिमिरे भाईले केहि सिकेका रहेछन उनि लाई यस्तो नराम्रो संग गोदे र उनि रक्ताम्बे भए

उनको अनुहार रक्तपात भयो  ब्रुस्ली झैँ ति आफ्ना टोलका साथीले पिट्नु सम्म पिटे एकल एकल खुला लडाई भयो भट्टराईले कोसिस गरे पनि केहि शिप लागेन र द ग्वा द ग्वा भए
 
कसैले बचाएन उनलाई नराम्रो कुटी खाए तर त्यो उनले मनमा लिएका रहेछन भन्ने हामिलाई पत्ता नै भएन    दिन बित्यै गयो  उनि आफ्ना पिता साथ काठमाडौँ गए
 
विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन भने जस्तै उनि भित्र एउटा कुराको प्रादुभाव भयो त्यो बिनोद घिमिरे संग पुन एकल युद्ध गर्नु भित्र भित्र जल्दै बदला लिने सोचे थानेश्वर राई द्वारा नेपालमा स्थापना गरिएको करातेमा भर्ना भए उनीलाई बदला लिनु भएकोले करातेमा अत्यन्तै राम्रो अवसर मिल्यो कडा मेहनत गरे उनले हरियो फित्ताधारी हुदा नै २-४ जना लाई पछार्ने योग्य भएको उनिलाई भान भयो
 
र ,उनि अब बदला लिन काठमाडौँबाट हवाई जहाजको टिकट लिए र आफ्नो जन्म स्थान धरान हानिए उनले परिकल्पना गर्दै ५ मिनेटमा हिन्दि चलचित्रका धर्मेन्द्रले खलास भने जस्तै खलास बनाई दिन्छु भन्ने सोचे धरान पुगे र व्यापक खोजे बिनोद घिमिरे लाई खोजे उनि धेरै अन्य साथीहरुसंग संगै बसोबास गरि रहेको समयमा नै उनि गएर सिधा भने ' तिमिले मलाई सानोमा पिटेका थियौ र आज त्यसको बदला लिन काठमाडौँ बाट धरान आएको '' सबै साक्षी हुने छन्
 
तिमि र म खुला खुला खेल्नु पर्छ कि सरोज भट्टराई ढल्छ कि बिनोद घिमिरे ढल्छ '' भनि आक्रोश पोख्दा अर्कै वातावरण बन्न पुग्यो उनका साथीहरुले उक्साउने प्रयत्न गरेता पनि कुनै पनि अप्रिय घटना हुन् पाएन किनभने सानो केटाकेटीमा त्यस्तो घटना भएको ठुलोमा याद पनि नभएको भनि बिनोद घिमिरेले उत्तर दिदै तपाई भनि सम्बोधन गर्दै सानोमा भएको घटना बाल अवस्थामा घटेका कुराहरु हुन् बिर्सनु पर्छ भने सम्झाए यदि मेरो गल्ति छ भने मलाई माफ गरि दिनु भनि नम्र भएर आफ्ना बाल साथिलाई हात मिलाउदै अंगालो मारे पछि पुन मित्रता कायम भएको थियो

र ,उनिले न त बदला लिए न कुनै रिश राखे सबैले सम्झाए पछि खुन चिसिए पछि शान्त हुदै धरान बाट पुन काठमाडौँ हानिए भट्टराई हाल अलास्कामा बसोबास गर्छन र उनले नेपालमा हुदा कैयौ पटक अन्तरवार्ता दिदा तपाईको गुरु र उत्प्रेरणाको श्रोत को हो भनि गरिने कैयौ सवालमा जस द्वारा धोबी कुटाई खाएका थिए उसकै नाम लिने गरेका छन् किनभने यदि उनले त्यो नाथ्री फुट्ने गरि कुटाई नखाएको भए थानेश्वरका चेला बन्ने थिएनन् 
 
भट्टराई गत बर्ष साउथ केरोलाइना राज्यको ग्रिन्भिल सहरमा सम्पन्न युयसए कराते नेसनल सेमिनारमा चारजना नेपाली सहभागी मध्ये दुई जना युयस ओलम्पिक कमिटी अन्तर्गत अमेरिकन राष्ट्रिय कराते महासंघमा ” ए “श्रेणीमा पदोन्नति हुनेमा परेका थिए भने उक्त प्रतियोगितामा सफल रेफ्रीको भूमिका निर्बाह गर्न सफल भएका पनि थिए

यसरि घट्न गएको घटना आफ्नो स्मृति पटलमा अचानक आएकोले पाठक वर्गमा पस्केको छु
............................................................................अस्तु

विजय थापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com