७ करोड भन्दा बढीको निःशुल्क औषधि वितरण I

राजविराज, २३ असोज,

पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरको कार्यालय विराटनगरले सप्तरीलगायत पूर्वाञ्चलमा आर्थिक वर्ष २०७०÷७१ मा रु सात करोड ४५ लाख मूल्यबराबरको निःशुल्क औषधि वितरण गरेको जनाएको छ ।

कार्यालय प्रमुख भरत शाहका अनुसार नेपाल सरकार तथा दातृ निकायले रु नौ करोड ६७ लाख मूल्यबराबरको औषधि पूर्वाञ्चलमा वितरणका लागि पठाएको थियो । यसमध्ये रु दुई करोड २१ लाख मूल्य बराबरको औषधि पूर्वाञ्चल मेडिकल स्टोरमा मौज्दातका रुपमा रहेको बताइएको छ ।

पूर्वाञ्चलका १६ जिल्लामा औषधि वितरण गर्ने जिम्मेवारी पाएको सो कार्यालयले सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत अस्पताल तथा स्वास्थ्य चौकीहरुमा औषधि वितरण गर्ने गरेको छ । प्रमुख शाहले आज यहाँ आयोजित एक कार्यक्रममा सर्प तथा कुकुरको टोकाइ विरुद्घको भ्याक्सिनको अभाव हाल नरहेको बताए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com