बलिउड अभिनेता अमिर खान पोषण दूत घोषित I

काठमान्डू आश्विन २३,

बलिउड अभिनेता अमिर खान आज दक्षिण एशिया क्षेत्रको पोषण सद्भावना दूत घोषित भएका छन् । युनिसेफ दक्षिण एशिया क्षेत्रिय कार्यालयले उनलाई दूत घोषणा गरेको हो ।

खानले महिलामाथि हुने विभेदका कारण कुपोषण बढ्दै गएको बताए । दक्षिण एसियामा कुपोषणको स्थिति एकै खालको रहेकाले कुपोषणविरुद्ध परिवारका सबै सदस्यहरु मिल्नुपर्ने उनको भनाई थियो । यसैगरी क्रिकेट कप्तान पारस खड्का पोषण राष्ट्रिय सद्भावना दूत घोषणा भएका छन् । by, health news :

युनिसेफले आजैबाट नेपालमा कुपोषण विरुद्धको सुनौलो हजार दिनको कार्यक्रम समेत प्रारम्भ गरेको छ । त्यसको सदभानादूतमा नेपाली क्रिकेट कप्तान पारस खड्का नियुक्त भएका छन् । मंगलबार नेपाल आएका खान आज साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com