एउटा कथा इजरायलको I


मान्छेलाई हेरेर चिन्नु सकिदैन रहेछ दाइ मैले ठूलो गल्ति गरेछु ।’ इजरायलमा भएकी मेरी चेलीले अनयास यस्तो कुरा भन्दा म एक छिन अलमल्ल भए“ । उनको वास्तबिक नाम अरु नै भए पनि म उनलाई रुचि भनेर बो अरबतिरका माइतीहरु र इजरायलका चेलीहरुको निकै गाढा नाता हुने गरेको छ ।

जमना नेटको छ, प्रमोद साउदीमा काम गर्थ्यो । उनीहरुको नेट मार्फत भेट भएर चिनजान भएका रहेछन् । कुराकानी गर्दै जाँदा एकले अर्कालाई मन पराएछन् अनि माया गर्न थालेछन् । प्रमोदले नै रुचि सँग चिनजान गराएको थियो । पहिलो भेटमा रुचिले आफ्नो माइती नभएको जानकारी गराउदै माइती मान्ने प्रस्ताव पनि गरिन् । म बाट एउटी चेलीलाई माइतीको अभाव पुरा हुन्छ भने त्यो मेरो लागि शौभाग्य नै हो । मैले ओके भने अनि हामी चेली माइतीको मीठो र पवित्र नातामा गा“सिएको थियौ । त्यति बेला नै उनको नाम रुचि राखेको हु“ । आफू सँग नभएको बस्तु नै आफूलाई अमूल्य लाग्दो रहेछ । मलाइ माइती भन्न पाएकोमा उनी निकै खुसी थिइन् । मलाई दाइ नै सम्झेर धेरै कुराहरु भन्थिन् । त्यसैले उनको केही वास्तविक पक्ष पनि थाहा पाएँ । 

हाम्रो समाजमा छोरीको उमेर नपुग्दै ज्वाइ“को घरमा पठाउन हतार हुन्छ । विहे पछि आमाबाबाहरु आफ्नो  का“धबाट एउटा पहाड नै बिसाएको महसुस गर्छन् । रुचिलाई विवाह गर्न दवाव आउन थाले पछि इजरायल गएकी रहेछिन् । छोरी मान्छे पनि आफ्नो खुट्टामा उभिनु पर्छ भन्ने उनको धारणा सबैको लागि प्रेरक बन्न सक्छ । उनीहरुको प्रेमको बारेमा मलाई प्रमोदले हल्का भनेको थियो । कहिलेकही“ ठासठुस परेको बेला दाइ हुनुको कतब्र्य निर्वाह गर्थे । उसो त रुचि निकै बुज्झकी र साहसी पनि थिइन् र उनी आ नै तरिकाले ब्ाँ“च्न चाहन्थिन् । आफै“ले रोजेर प्रेम गरि विश्वास जितेर विवाह गर्ने उनको चाहना थियो । एक दिन खुसी हुदै भनेकी थिइन्–। मैले त माया मात्र होइन,असल माइती पनि पाएको छु र एउटा मीठो नाम । मैले आमाबाबाहरुलाई पनि सुनाए“, उहा“हरु पनि धेरै खुसी हुनु भएको छ । बाबा बोल्ने भन्दै हुनुहुथ्यो मैले तपाई“को नम्बर पनि दिएको छु है ।’ यस्तो कुरा सुन्दा गर्वले मन फुरु ̈ हुन्थ्यो । यसरी नै समय बित्दै थियो । 

माया भनेको मन पराएर नै गरिन्छ,अनि भविश्य सोचेर गरिन्छ । माया सपना,कल्पना र जीवन हो । मायाले जहिले पनि एकान्त र निकटता चाहन्छ । टाढा हुनुको पीडा उनीहरुलाई पनि त्यस्तै थियो,जस्तो अरु सबैलाई हुन्छ । सर्वोच्च शिखर सगरमाथाको देशमा जन्मेर वाध्याता बस कर्मभूमिको रुपमा एक जना अरव र अर्को संसारकै सबै भन्दा हो चो ठाउ“ इजराइलमा थिइन् । भनिन्छ–। जहा“ समस्या त्यहा“ उपाय’ उनीहरु पनि त्यही“ उपायको खोजी गर्न थाले । त्यसैले रुचिले प्रमोदलाई उतै बोलाउने भइन् । नेपालीहरुको लागि इजरायल बन्द भएको पनि निकै लामो समय भएको थियो । तर खाने मुखलाई जु“गाले छेक्दैन’ भन्ने उखान यहा“ पनि चरितार्थ भयो । इजरायल पुग्ने एउटा बाटो छ, त्यो हो दिल्लीको बाटो । रुचिले सबै ब्याबस्था उतै बाट मिलाउने भइन् । सा“च्चो माया गर्नेहरु न कहिल्यै हारेका छन् न कहिल्यै हार्छन् । बरु मायामा हाँसी हाँसी फाँसी जान तयार हुन्छन् । रुचिले सा“च्चो माया गरेकी थिइन् । त्यसैले उनी जे गर्न पनि तयार थिइन् । 

दुबै जना नेपाल जाने र विवाह गर्ने अनि रुचि फिर्किने र प्रमोद चा“हि नेपालमा बस्ने सल्लाहा गरेका थिए । मलाई यति सम्म राम्रै थाहा रुचि ४० दिनको छट्टिमा नेपाल गएकी थिइन् । तर विभिन्न बहना बनाउदै प्रमोद नेपाल गएन । रुचि इजराइल फर्कनु ४ दिन मात्र बा“की रहदा प्रमोद नेपाल गयो । उनीहरुको काठमाडौंमा भेट त भयो तर विवाह भएन । त्यतिकैमा रुचि इजरायल फर्किइन् । प्रमोद महिनौ दिल्ली गएर बसेर बल्लतल्ल डकुमेन्ट बनाएर पठाएछ । नेपालमा हुने लोड सेटि ̈ त्यस्तै हो, भनेको समयमा भेट पनि हुदैनथ्यो । तर रुचि र मेरो बारम्बार भेट भएर कुर ाकानी हुन्थ्यो । रुचिले एक दिन भनिन्–। दाइ अब त प्रमोदलाई ज्वाई“ भन्नु है ।’ मैले हुन्छ भन्दा निकै खुसी भएकी थिइन् । हाम्रो यस्तै यस्तै दुःख सुखका कुराहरु हुन्थ्यो । 

एक दिन रुचिले खुसी हुदै प्रमोदको भिसा निस्कीएको जानकारी दिइन् । केही दिन पछि प्रमोद पनि इजरायल गयो । मलाइ धेरै खुसी लागेको थियो एकातिर चेली अर्को तिर गाउ“ले भाइ । प्रमोद इजरायल गए पछि स्वाभाबैले हाम्रो भेट पातलियो । निकै लामो समय पछिको भेटमा रुचिले यस्तो कुरा सुनाइन् । दाइ प्रमोदलाई एक पल्ट सम्झाइ दिनु,उसले के गर्न खोजेको हो ? रुचि भन्दै थिइन् साउदी बाट नेपाल बोलाए“ । काठमाडौंमा खान,बस्न देखि भारत बाट डकुमेन्ट तयार गर्न अनि इजरायल सम्म आउन सबै पैसा मैले नै खर्च गरें । त्यो पैसा कमाउन मैले कति दुःख गरेको छु त्यो मलाई नै थाह छ । यतै आउने केटी स“ग दिल्लीमा भेट भएर उ स“ग लागेर मेरो माया,भरोसा,सपनाहरु सबै लत्याउदै कहिल्यै निको नहुने चोट दियो । मेरो पैसा मात्र फिर्ता गरोस सोधि दिनु भन्दै रुदै पुकार गर्दै थिइन् । अब म के गरौं ? आमाबाबालाई के भनौं ? म संसार मा कस्लाई विश्वास गरु भन्दै प्रश्नहरु पनि गर्दै थिइन् । 

कुरा गर्नु प¥यो भनेर हत्तपत्त फेसबुक,याहु र स्काइपहरु तिर हेरें सबैमा बन्द गरेको रहेछ । फोन गर्नु प¥यो भनेर डाइल गरें,मैले नबुझ्ने हिब्रु भाषमा कम्प्यूटर मात्र बोलको सुने । जानजानी मलाई बन्द गरेको रहे छ । धेरै खुसी लाग्यो, कति महान काम गरेछौ प्रमोद, धन्य छ तिमीलाई,........। मैले न रुचिको आग्रहलाई पुरा गर्न सके, न उनको प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रश्नको उत्तर नै दिन सके । प्रमोद तिमीले मेर ो यो लेख ढिलो चाडो हेर्छौ होला । हुन त मेरो भन्नु केहि छैन । तर अरबको प्रचण्ड गर्मीमा मायाको मीठो शीतलता प्रदान गर्दै यत्रो उपकार गर्ने सगरमाथा जस्तै उच्च मन र आकाश झंै बिशाल भावना भएकी रुचि प्रति यत्रो अन्याय गर्नु अगि एक पटक सोच्नु पर्ने थियो । तिमी रुचिकै हात समाउदै इजरायल पुगेको कुरा कति चाडै विर्सिएछौ तिमी सँग यस्ता कुराहरु गर्नु भनेको , भालुलाई पुरान सुनाउनु जस्तै हो ।’ 

आमाबाबाहरुले धेरै पढाएर असल मान्छे बनाउन चाहान्थे । बुढेसकालको साहरा ठानेर आफ्नो  ढुब््ग्री, मुन्द्री बैंकमा राखेर पैसा दिन्थे । दिदी बहिनीहरुको सिक्री बेचेर पढाएका थिए । दाजुहरुले पनि तिम्रो लागि के गरेनन् । तर त्यो सबै तिमीलाई पचेन । मदौराले माड नखाए पछि कस्को के लाग्दो रहेछ र ?’ तिमीले कहिल्यै आमाबाबाको माया र दिदी बहिनीको र दाइहरुको भावनालाई बुझेनौ । रुचिलाई धोका दिनु तिम्रो लागि कुनै नौलो कुरा हुदै होइन । तिमी त अलिकति मानवीय संवेदना पनि नभएको मान्छे हौ । आफू हा“स्नको लागि जसलाई पनि रुवाउन सक्छौ । आफू बा“च्नको लागि कसैलाई मार्न पनि सक्छौ । कसैलाई धोका दिनु तिम्रो लागि दाल र भात खाए जस्तै हो । तर यस्तो कार्यलाई मावनशास्त्रले माफ दिने छैन । 

तिमीलाई गाउ“ले भाइ भन्न पनि लाज लाग्न थाल्यो । यति बेला तिमीलाई संसार जीतेको जस्तै लाग्दैछ होला । तर त्योे फगत भ्रम मात्र हो । अहिले मैले थाह पाए“,रु चिलाई विश्वास दिलाउनुको लागि मात्र मलाई परिचय गराएको थिएछौं । रुचिलाई धोका दिने तिम्रो योजना पहिले देखीेकै रहेछ । अनि त तिमी साउदी बाट समयमा नै नेपाल नर्फकेको रहेछौ होइन त ? तिमी इजरायल सम्म जानुको लागि तिमीले कुटिल चाल मात्र रचेको थिएछौ । तर याद राख ति निर्दोष चेलीको आ“सुको श्राप अवश्य लाग्ने छ । भगवान्ले तिमीलाई हर हालतमा सजाय दिने छन् । 

चकेन्द्र 'कैदी’ राई

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com