हिमफेदिमा ३ करोड बराबरको कटुकी सङ्कलन I

जुम्ला, ६ कात्तिक ,

हिमालको फेदीमा रहेको पातारासी गाविस जुम्लाको पेरे गाउँमा हालैमात्र तीन करोड बराबरको कटुकी सङ्कलन गरिएको छ । कटुकी हिमाली जिल्लाको करिब तीन हजारदेखि चार हजार ५०० मिटर उचाइमा पाइने जडीबुटी हो ।

कारोबारका हिसाबले जडीबुटी किसानले प्रतिकेजी रु एक हजार ४०० मा यस्को बिक्री गरे पनि नेपालगञ्जमा प्रतिकेजी रु दर्ुइ हजार र चीनमा लिँदा प्रतिकेजी रु दर्ुइ हजार ५०० देखि तीन हजारसम्म पर्ने स्थानीय व्यापारी बताउँछन् । करिब २०० घरधुरी रहेको पेरे गाउँको प्रत्येक घरधुरीले दर्ुइदेखि चार लाख बराबरको कटुकी सङ्कलन गरेको र अनुमानित हिसाब गर्दा करिब तीन करोडभन्दा बढी सो जडीबुटी सङ्कलन भएको स्थानीय व्यापारी रणबहादुर बुढाले जानकारी दिनुभयो ।

व्यापारी बुढाले आफूले ५० लाख बराबरको जडीबुटी सङ्कलन गरेको र अन्य व्यापारीले पनि जुम्लाको चौधबीस क्षेत्रमा पर्ने पटमारा, डिल्लीचौर, छुमचौर र पातारासी गाविसमा उक्त जडीबुटी सङ्कलन गरिरहेको बताउनुभयो । कटुकी सङ्कलन गर्दा एक केजी बराबर १० रुपैयाँ स्थानीय गाउँका समिति, १५ रुपैयाँ जिल्ला वन कार्यालय र पाँच रुपैयाँ जिल्ला विकास समितिलाई कर तिर्दै आएका छाँै, व्यापारी बुढाले भन्नुभयो ।

उनका अनुसार अहिले कटुकी सङ्कलन गर्ने समय भएको र अब जटामसी, पाषणवेद, सुगन्धवाललगायतका जडीबुटी सङ्कलनमा किसान लाग्नेछन् । व्यापारीले पनि जडीबुटी सङ्कलक किसानसंँग पैसा दिएर पर्ूव सम्झौता गरिसकेका छन् । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com