संबिधान देउ भन्दै युवाहरुले ६०१ मैन बत्ती बाले I

काठमाडौँ कार्तिक ६,

. . . .  ए भन भन भाइ हो, संबिधान देउ ! आज संबिधान सभा भवन अगाडी एही सब्दहरु घन्की रहेको थियो । नयाँ नेपाल निर्माण का लागि संविधानको प्रतिक्षमा बसेको करिव एक दशक बित्न लागि सक्यो तर राजनीतिक किचलो र दलिय भागबण्डाको फोहोरी खेलका करण संविधान निर्माणको काम प्राय ठप्प भएको अवस्था छ, देशको चिन्ता गर्ने युवा बर्गहरु निरस र उदास भएर खाडी मुलुक पस्ने क्रम दिनानुदिन बढदो छ । नयाँ नेपाल निर्माणको अभिभारा बोकेर सत्तामा पुगेका पुराना अनुहारहरु शत्ता र भात्ताको सुबिधामा लिप्त छन । देश संबिधान बिनाको अधेरोभित्र हराएको कसैलाई मतलव छैन ।

संविधान बिनाको अन्धकार अवस्थामा महान चाड दिपावली मनाउदै छौ : यही महान चाडको अवसरमा ६०१ जना सभासदहरुलाई संविधानको उजेलो प्रदान गर्नको लागि झकझकाउने उदेश्य लिएर संविधान भवन अगाडि ६०१ वटा दिप प्रज्वलन गरियो ” संविधान बिना देश अधेरो भयो – ६०१ हामीलाई संविधानको उजेलो देउ’ भन्ने नाराका साथ सो कार्यक्रमको उदघाटन माइती नेपालकी अनुराधा कोइरालाले गर्नु भएको थियो त्यसै गरि मानवअधिकारवादी सुबोध प्याकुरेल, कलाकारहरु दिपक गिरी, लगाएत बिभिन्न राजनैतीक दलका युवा नेता र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीरहेको सो कार्यक्रममा दिप प्रज्वलन गरेर देशको समस्यालाई बेवास्ता गरी घोर निन्द्रामा लिन भएका ६०१ जना सभासदहरुको आँखामा मैन बत्तीको उजेलो छछरिएको थियो । उक्त अबसरमा सबै बक्ताहरुले माघ ८ गतेनै संबिधान दिन सबैले आ आफ्नो क्षेत्रबाट दबाब दिनु पर्ने भनाइ राख्नु भएको थियो ।न्युज अभियान :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com