पाठक वर्ग माथिको शिर्षक पढ्ने बित्तिकै अचम्म पर्ने छन् भने लागेको छ । दुई पटक मानिस कसरि मर्छ । मानिसको जुनी ८४ लाख बर्षमा आउने हो । मजाक त गरेको हैन भन्ने भान पनि पर्न सक्छ । मेरो जीवनको अत्यन्तै अविस्मरणीय़ घटना हो । घटना मैले आफ्नो बाल्यकाल बिताएको सुन्दर नगरी धरान को हो । कहिले भुल्न खोजे पनि सक्दिन ,सक्नु पनि कसरि ? पांच छ बर्ष देखि करिब २५ बर्ष सम्म बिताएको आफ्नो प्यारो शहर धरान ।
आफुले अति बिश्वास गरेको मित्र र केटा केटि देखि नै को लंगौटिया मित्रले मेरो नाम लिएर कैयौ पटक रक्सि पिएका रहेछन । अचेल उनि विदेश गएको छु भन्ने सुनेको छु । म संग सम्पर्कमा छैनन । र,मैले उनको नाम लिने पक्षमा पनि छैन किनभने कलम चलाउने भएकोले त्यो परिवेशको कुरा पाठक वर्गमा पस्कने मेरो जमर्को मात्र हो । पसलमा उधारोमा मेरो नाम लिएर बाकी खातामा राखेका हैन । मैले बिजक तिरी दिन्छ भनेर पनि टन्न पिएको पनि हैन । मादक पदार्थ दैनिक सेवन गर्नु पर्ने । उनलाई सेवन नगरि निन्द्रा पनि नलाग्ने ट्वाटे भन्दा केहि फरक नपर्ला । तर, हाल उनि सरिफ र विदेशमा छन् ।
उनको उमेरमा आफु मादक पदार्थ कम सेवन गर्ने थियो l अहिलेको मेरो उमेर भन्दा झन्डै आधा कम लहलह उमेरको कुरा गर्दैछु । पाठक वर्गले फेरी प्रति प्रश्न गर्ने छन् भनि अहिले नै स्पस्टिकरण दिनु उचित हुन्छ । चोरले आफुलाई कहिले चोर भन्दैन भनेको जस्तै l नेपालमा हुदा आफुले जौ मदिरा मात्र सेवन गर्ने गर्थे । अमेरिकामा आए पछि त्यो भिष्म प्रतिज्ञा तोडियो l मदिराका प्रकारहरु रातो छाप ,कालो छाप र निगार पनि चलाउने गरेको छु ।
बिबाह पछि उनि सप्रे । गोधुली साँझमा घर पुग्थे । मदिरा लगभग बन्द भयो । खोया बिर्के गंगाको पानीमा चढाएको सुनियो । हामीले धज्जी उडाएर उनलाई राम एउटा असल केटा हो भन्ने गुरुहरुले हामीलाई अक्षर राम्रो बनाउनको लागि अभ्यास गराएको सम्झदै उनलाई जिस्काएका थियौ । हेर ... यो सप्रेको ? खुब जिस्काउने गरेकोले सहि नसक्नु भएछ ,बिबाह पछि को केहि महिना पछि उनले धर्म पत्नी संग तामा छोएको तोडे l खोया बिर्केलाई मोहनी लगाए ।
गोधुली साँझमा पुग्ने उनि मध्ये रातमा घर पुग्न थाले l यो क्रम अझ तिब्र हुन् थालेछ l
उनले पहिला मादक पदार्थ खान सुरु गरे पछि मादक पदार्थले उनीलाई खान सुरु गरेछ l घर झगडा रक्सिया संग घर परिवारको नहुने कुरै भएन । घर ढिलो जाने गरे पछि अर्धांगिनीलाई स्पस्टिकरण दिदा दिदा हैरान । बहाना सधै बनाउथे । कहिले के भन्थे कहिले के भन्थे र श्रीमती संग माफी पाउथे ।
हुदा हुदा म नजिक को मित्र म बाहिर गइ रहने । मेरो उनको श्रीमती संग पनि चिनजान थिएन किनभने उनि म संग अलिक टादिदै गएका थिए । सधै जाँड धोक्ने स्वास्नीसंग बच्न सबै उपाय समाप्त भए पछि मेरो नाम लिदै मेरो सानोको अति मिल्ने मित्र ,गुच्चा र डन्डी बियो खेल्ने साथी आज भटभटे दुर्घटनामा ज्यान गएछ । सहने नसक्ने भो दुख बिर्साउन पिएर आएको भने पछि होला नि त भनेर उनकी धर्म पत्नीले माफ गरि दिईन । जाँड खाने मानिसले धेरै बहाना बनाउने हुनाले सम्भवत उनका बहानाको सबै सकिएछं होला । उनले आफ्ना मिल्ने साथी भाईलाई रक्सि पिउनको लागि नाटक गरि जिउदै मारी आफुले रक्सि धोक्ने गरेका रहेछन ।
साथीभाईको नाम लिदा लिदा सायद सकिएछ होला । अर्को पटक मेरो नाम लिदै फेरी श्रीमतीलाई हृदय घात भएर उ गएछ । असह्य भयो ,थाम्नै सकिन भनि फेरी खोया बिर्के सेवन गर्यो । बिचारा भाउजुलाई के थाहा ? त्यो सब अभिनय र केवल झुटा कहानी ?संयोग बस मैले एक दिन मौका पाए उसको घर गएको र भाउजु संग चिनजान गरेको त् तपाई फलाना हैन ? वहाले तपाई यो दुनियामा हुनु हुन्न अरे भन्दा छाँगा बाट खसेको जस्तो भयौ ।
र, विश्वास लागेन र साथी प्रति घृणा उत्पन्न भयो किनभने आफ्नो अत्यन्तै मिल्ने साथीलाई त्यस्तो सम्म भनेर जाँड धोक्न सक्ने मेरो मित्रलाई मैले सदाको लागि बिर्सनु उचित ठाने । त्यहाँ बाट यथार्थता बुझे र कुले लाम ठोके ।
केवल पिउनको लागि मलाई दुई पटक जिउदै मारेर बदमासी गरेर उनलाई सायद केहि फाईदा होला जस्तो मलाई लागेन । जीवन र जगत का कुरा मेरो मस्तिस्कमा उब्जन थाले । उनकी श्रीमतीले दोश्रो पटक रक्सि खाएर मातेर घर आउँदा त्यहि मानिसको नाम लिदा अस्ति मरेको हैन भनि प्रश्न गर्दा ईस्वरको कृपाले बाचेछ भन्दै पुन मातिएर आएको कहानी सुनाउदा अझ म झस्किए ।
पहिलो पटक भटभटे दुर्घटना र दोश्रो पटक हृदयघात भएर यसरि म आफ्नै साथी द्वारा मलाई जिउदै मारेका रहेछन । अत्यन्तै दुखित भए र किन यसरि गरेको होला भन्ने सोचे । आफैले त्यसो उत्तर पनि निकाले, रक्सिले खाए पछि मस्तिस्कले काम गर्न छोड्छ । मस्तिष्कले काम बन्द गरे जड्याहाले के ठिक र के बेठिक छुट्याउन सक्दैन । सम्भवत ,मादक पदार्थले खोपडीमा गोबर भरि दिएको र त्यस्तो निच सोचाई स्वत आएको हुनु पर्छ भनें सोच्दै एउटा मित्र यसरि गुमाउनु परेको कुरा पाठक वर्गलाई पस्कने साहस लिएको छु । र,मलाई विश्वास छ यस्तो घटना यहाहरुसंग पक्का पनि घटेको छैन होला भन्दै आफु जिउदो हुदा हुदै दुई पटक मित्र द्वारा मारिएको कथा अमेरिकामा बिदेशीहरुलाई सुनाउदा हासेर पेट मिचेर मुर्छा परेका छन् ।
यस्तो घटना चलचित्रमा कहिले कही कहानी मिलेको जस्तो लाग्नु अलग कुरा हो तर यस्तो पनि हुने रहेछ भनि सोच्दै नसोचेको कुरा हुनुले मित्रता सम्बन्धमा केयौ सवाल उब्जाई दिन्छ ।
र ,यस्तो घटना र यस्तो कपोलकल्पित घटना कसै संग पनि नघटोस भन्दै यस्तै संस्मरण लिएर पुन उपस्थित हुने बचन बद्धताको साथ बिदा ।
विजय
