समलिंगी तेस्रो लिंगीमा HIV संक्रमण उच्च

काठमान्डू कार्तिक ४,

यौनिक तथा लैंगिक अल्प संख्याक समलिंगी तेस्रो लिंगीलाई एच आइ भी संक्रमण उच्च रहेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार झन्डै दुई लाख समलिंगी तेस्रो लिंगी एच आइ भी एड्स संक्रमणको जोखिममा रहेको जनाएको छ ।

निलहिरा समाजको दिवा परियोजनाले स्वास्थ्य मन्त्रालयमा गरेको कार्यशाला गोष्टिमा केन्द्रका बरिष्ट जनस्वास्थ्य अधिकृत शम्भु काफ्ले ले बाइस हजार नौ सय एच आइ भी संक्रमित मध्ये १८ % समलिंगी तेस्रो लिंगी रहेको बताउनु भयो ।

निलहिरा समाजले सुरुमा पहिचानकै लडाई लडेको बताउदै काफ्ले ले समस्याको पहिचान गरेर काम गर्न समय लागेको हुन सक्ने बताउनु भयो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com