सोलारबाट कम्प्युटर कक्षा सञ्चालन I

सल्यान, ३१ असोज ,

जिल्लाको मूलखोला गाविसमा रहेको त्रिभुवन जनता उच्चमाध्यमिक विद्यालय च्युरा मूलखोलामा सोलारबाट कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।

कम्प्युटर कक्षा सञ्चालनबाट विद्यालयको ६ र ७ का १५७ बालबालिकालेे पढ्ने र सिक्ने अवसर पाएका छन् । जिल्ला शिक्षा कार्यालयको रु एक लाख ८० हजार अनुदान र विद्यालयको रु ६० हजार गरी रु दर्ुइ लाख ४० हजारमा आठवटा कम्प्युटर खरिद गरेर विद्यालयमा कक्षा सञ्चालन गरिएको हो ।

अहिलेको युग कम्प्युटरको भएकाले विद्यार्थी सङ्ख्या बढाउन र पढाइप्रति उत्साह जगाउनुका साथै एसएलसी पास गरेर १२ कक्षा तथा उच्च शिक्षा हासिल गर्न सहज होस् भनी विद्यालयले कक्षा सञ्चालन गरेको उहाँको भनाइ छ । बिजुली नभएको गाउँको विद्यालयलाई वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्रबाट एक हजार १३५ वाटको सोलार अनुदानमार्फ प्राप्त गरेपछि विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सजिलो भएको हो ।

कम्प्युटर कक्षाका साथै विद्यालयमा बालबालिकाले इमेल तथा इन्टरनेटको सहायतामा देशविदेशका खबर सुन्ने अवसरसमेत पाएका छन् । जिल्लाका सबै विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्ने उद्देश्यका साथ शिक्षा कार्यालयले अनुदान दिएपछि नेराउमावि मूलखोला मात्र नभई दर्ुइ दर्जन विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरेको जनाएको छ । जिल्ला शिक्षा कार्यालयले ६१ विद्यालयलाई रु दर्ुइ लाख ८० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com