जाजरकोट,१० कात्तिक,
यहाँको तीन गाविसको राँगा एकै ठाउँमा जम्मा गरी जुधाउने मेला सुरु भएको छ । जिल्लाको मजकोट, कोताङ, दह गाविसबाट राँगा ल्याएर कोताङ गाविस–४ चौतारामा राखेर एकै साथ जुधाएर यो मेला मनाइने गरेको मजकोट–५ का हरिबहादुर शाहीले जानकारी दिनुभयो ।
बाइसे, चौबिसे राज्य हँुदादेखि नै राँगा जुधाएर रमाइलो गर्ने चलनअनुसार यहाँका तीन गाविसका राँगा जम्मा गरी जुधाएर रमाइलो गरिँदै आएको छ । तीनै वटा गाविसका स्थानीय जम्मा हुने भएका कारण यो मेला अत्यन्तै रमाइलो हुने गरेको छ । अहिले यहाँ चार वटा राँगा ल्याएर प्रतियोगितामा सहभागी गराइएको छ ।
मजकोटबाट दुई वटा राँगा, कोताङमा दुई वटा र दहबाट एक वटा राँगा ल्याएर जुधाउने कार्य भइरहेको छ । जुन गाविसको राँगाले प्रतियोगितामा जित्छ उसै गाविस प्रथम हुनुका साथै सबै मिलेर मनोरञ्जन गर्ने चलन रहेको छ । यो मेला दुई दिनसम्म चल्ने बताइएको छ । रासस