ललितपुर, कार्तिक १० ,
हाकुपटासी, सेता पछयौरी, लामो कपालमा रातो डोरी र रातै फूल सिउरिएका तीन युवती मस्त नाचिरहेका छन्।
यसले नेवार समुदायको संस्कृति र परम्परालाई उजागर गरेको छ र यसलाई चित्रकार प्रमिला बज्राचार्यले रंगमार्फत क्यानभासमा प्रतिबिम्बित गरेकी हुन्। पुलचोकस्थित पार्क ग्यालरीमा प्रमिलाले आइतबारदेखि एकल चित्रकला प्रदर्शनी थालेकी छन्।
'नेचर एन्ड इटर्निटी' उनको नवौं एकल प्रदर्शनी हो। 'म खास गरी ज्यापू नारी सौन्दर्यमा केन्दि्रत भएकी छु,' उनले भनिन्। त्यो ग्यालरीमा पनि देखिन्छ। धेरैजसो क्यानभासमा विभिन्न परम्परागत वेशभूषामा सजिएका ज्यापू महिलाहरू देखिन्छन्। प्रमिला केही समयअघि बंगलादेशमा सार्क आर्ट क्याम्पमा सहभागी भएकी थिइन्। यस पालिको प्रदर्शनीमा त्यसको प्रतिबिम्ब पनि देख्न सकिन्छ। बंगलादेशी महिलाको रहनसहनलाई उनले रंगमार्फत अभिव्यक्ति दिएकी छन्।
चित्रकारितामा अढाई दशकजति बिताइसकेकी प्रमिला बढीजसो महिला थिममा काम गर्न रुचाउँछिन्। अहिलेको प्रदर्शनीमा त्यसको आधिक्य पनि अनुभव गर्न सकिन्छ। संगीत, महिला र फूलबीचको अन्तर्सम्बन्ध उनका चित्रहरूमा भेट्न सकिन्छ।
सन् २०१० देखि हालसम्म सिर्जित महिलासम्बन्धी विभिन्न चित्रले ग्यालरीका भित्ता सजिएका छन्। 'इटर्निटी' थिममा उनले केही अर्धमूर्त चित्र पनि बनाएकी छन्। आफ्ना वरिपरि देखिएका दृश्यलाई क्यानभासमा उतार्नु उनको अर्को विशेषता हो। 'म हरेक दृश्यमा कला देख्छु,' उनले भनिन्, 'वरिपरिको परिवेशलाई पनि कलामा उतार्न चाहन्छु।'
उज्यालो रंगको संयोजनमा बढी जोड दिएकी प्रमिलाले सांगीतिक रस पनि मिसाएकी छन् कतैकतै। जस्तै : सितारछेउ बसेकी महिला। उनको बुझाइ छ, 'संगीत, फूल र नारी कुनै न कुनै रूपमा एकअर्काका परिपूरक हुन्।' २८ सिर्जना रहेको प्रमिलाको प्रदर्शनी तीन महिनासम्म चल्नेछ। चित्रहरूको मूल्य २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म राखिएको छ।इकान्तिपुरबाट: