लुक्ला खानेपानी अभाव समस्या समाधान I

सोलुुखम्बु, ९कात्तिक ,

व्यस्त पर्यटकीय बजार लुक्लामा तिहारको टीकाको अघिल्लो दिन वर्षौदेखिको खानेपानीको चरम समस्या समाधान भएको छ । खानेपानी नभएको तथा पानी अभावमा शौचालय प्रयोगमा समेत समस्या भइरहेकामा दुई वर्षअघि सुरु भएको खानेपानी योजना सम्पन्न भएर शुक्रबार पानी वितरण गरिएको छगरिएको छ । 

हिमालयन ट्रस्टको मुख्य लगानीमा निर्मित खानेपानी योजनाको नेपालका लागि न्युजिल्यान्डका राजदूत लिसा र सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारीका छोरा पिटरले उद्घाटन गर्नुभयो । सो अवसरमा लिसा र हिलारीले लुक्लामा सञ्चालित खानेपानी योजना ट्रस्टबाट लगानी गरिएका योजनामध्ये अहिलेसम्मकै उत्तम व्यवस्थापन र आर्थिक पारदर्शिताको योजना भएको बताउँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा पर्यटन विकाससँग सम्बन्धित कार्यमा लगानी गरिने वचन दिनुभयो । 

हिमालय क्लबका अध्यक्ष आङफुर्बा शेर्पाले सो योजनाबाट लुक्लाका विभिन्न जातजाति र धर्मावलम्बीबीचमा आपसी समझदारी र सहसम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । रु एक करोड ४० लाख लगानी भएको सो योजनाका लागि मुख्य लगानी ट्रस्टको तथा सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चौंरीखर्क, जिविस र स्थानीयवासीको श्रमदानसमेत रहेको छ । सोयोजनाबाट चांैरीखर्क–८ लुक्लाका १६१ घरधुरीले स्वच्छ खानेपानी सुविधा पाएका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com