धामीझाँक्रीको भर पर्दा रेविज लागेका १३ को मृत्यु I

जाजरकोट, आलीमैगान, १ कात्तिक,

जाजरकोटको अति दर्ुगम मजकोट गाविसमा धामीझाँक्रीको भर पर्दा रेविज लागेर १३ जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा हरिबहादुर शाहीले दिएको जानकारीअनुसार बहुलाहा कुकुरले भकाभक गाउँलेलाई टोक्दा रेविजविरुद्धको भ्याक्सिन लगाउनुको साटो धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा यति ठूलोमात्रामा क्षति भएको हो ।

सुरुसुरुमा धामीले झारफुक गर्दा निको होला भनेर हेलचेक्रर्याईं गरियो अहिले कुकुरले टोकेका मानिसहरूको मृत्यु भएपछि झारफुकबाट निको नहुने देखे पछि रेविजविरुद्धको र्सर्ुइ लगाउन जिल्ला स्वास्थ्य कार्यालयमा जाने गरेको शाहीको भनाइ छ । बहुलाहा कुकुरको टोकाइबाट मजकोट गाविस वडा नं ६ का ५३ वषर्ीय मयाराम उपाध्याय, ३५ वषर्ीया कल्धरी शाही, वडा नं ५ का ४३ वषर्ीया तुली खत्री, २३ वषर्ीया दिला बस्नेत, ५४ वषर्ीया कल्पना वरसहित १३ जनाको मृत्यु भएको शाहीले उल्लेख गर्नु भयो ।

बहुलाहा कुकुरको टोकाइबाट वडा नं ५ र ६ मा मात्र ६० भन्दा बढी पशुचौपाया मरिसकेको स्थानीयको भनाइ छ । अहिले पनि बहुलाहा कुकुरले स्थानीयलाई टोकिरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा रेविजविरुद्धको भ्याक्सिन लगाउन आएका रत्नले भन्नुभयो, “धामीको भरमा पर्दा आफ्नै १३ जना दाजुभाइ गुमाउनुपर्‍यो त्यसैले म पनि अस्पताल जान लागेको छु मलाई पनि कुकुरले टोकेको थियो ।

आफ्नो गाउँमा बहुलाएको कुकुरले जथाभावी टोकेर ठूलो क्षति भयो भनेर स्वास्थ्य कार्यालयलगायतका सरोकारवाला निकायलाई भन्दा पनि कसैले ध्यान दिएनन् अहिले यति ठूलो घटना घटयो । मेरो श्रीमान् बित्नुभयो म पनि दैलेख गएर रेविजको औषधि गरेर आएँ अनि जीवन बचाएँ मृतक मयारामकी श्रीमती महिसरी उपाध्यायले दुखेसो पोख्नुभयो ।”

मजकोटबाट जाजरकोट सदरमुकाम आउन पैदल दर्ुइ दिन लाग्ने गर्दछ । यता क्षेत्र नं २ लाई लक्षित गरेर दसेरा स्वास्थ्य चौकीमा भ्याक्सिन राख्ने तयारी भए पनि छ महिनादेखि भ्याक्सिन राख्ने प्रिmज खराब भएका कारण सदरमुकामकै भर पर्नुपर्ने बाध्यता भएको दसेरा स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिनुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com