आमा,बुवाको नाममा पुस्तकालय स्थापना I

 तेल अभिव (इजरेल) कार्तिक २,

नारीदर्पण : बैदेशिक रोजगारको सिलसिलामा बिगत ६ बर्ष देखि इज़रायलमा कार्यरत बिष्णु सिम्खडाले आफ्नो पुजनीय आमा बुवाको नाममा आफ्नै गाउँको क्याम्पसमा "तुम्बलाल/निलकुमारी पुस्तकालय" स्थापना गर्नु भएको छ । 

 गत शुक्रबार विधिवत रुपमा यस  "तुम्बलाल /निलकुमारी पुस्तकालय'' को समुद्घाटन भयो, यस पुस्तकालयको संरक्षक लक्ष्मी प्रतिष्ठान रहेकोछ (यस परोपकारी संस्थाले यतिखेर अत्यन्तै राम्रो काम गरिरहेको छ) । दियो मुनिको अँध्यारो भनेझैं राजधानी बाट तेती टाडा नरहेता पनि उक्त उत्तर धादिङ्गमा शिक्षाको स्तर खासै स्तरिय छैन तसर्थ मैले आफ्नै ठाउँको लागि यति पहल गर्ने नोधो गरे र आज सफल पनि भयो अभियन्ता बिष्णु सिम्खडा भन्छन । धादिंग जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित नेत्रावती सामुदायिक बहुमुखी क्यम्पस, त्रिपुरेश्वर वार्ड न -३ खहरे, धादिंग मा "तुम्बलाल /निलकुमारी पुस्तकालय" स्थापनाले उक्त क्याम्पसमा अध्यारत बिद्यार्थी भाइ बहिनीहरु लाभान्वित हुनेछन भन्ने विस्वास लिएकोछु सिम्खडाले थपे ।

यस पुण्य कार्यको लागि उहाँले इजरेलमा थोरै समय अबधि अभियान चलाउनु भएको थियो ।जस बाट उनान्साठी हजार सात सय अड्तीस   (५९, ७३८/) उठान सफल भएकोत थियो । इजरेलमा कार्यरत ''रोमान्टि समूह'' द्वारा एक थान प्रिन्टर उपलब्ध गराएका छन् भने पुस्तकालयको लागि चार थान कम्प्युटर खरिद भैसकेकोमा त्यस मध्ये एक थान कम्प्युटर इजरेलको अर्को संस्था ''नारीका लागि नारी'' ले उपलब्ध गराएका छन्  । 

पुस्तकालयको लागि करिब एक लाखको र्याकहरु बनाइएको छ भने पुस्तक एक लाख १५ हजार को पुस्तक किनी सकिएको जानकारी बिष्णु सिम्खडाले नारीदर्पणलाइ दिनु भयो ।  इजरेल बाट छोटो अभियान बाट उठेको सहयोग बाहेक बाँकी बिष्णु सिम्खडाले आफैं नै बेहोर्नु भएको पनि बताउनु भयो । पुस्तकालय स्थापनाको लागि तीन लाख रुपैयाँ खर्च भैसकेको र अझैं केहि टेबल कुर्सि किन्नु पर्ने जानकारी पनि सिम्खडाले दिनु भयो । 

यस परोपकारी कार्य सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने इजरेलका सम्पूर्ण सहयोगी मनहरु देखि नेपालमा आदरणीय दाजु बिष्णु गौतम ज्यु र बाबु कृष्ण गौतम, साथै स्कूल, क्याम्पसका सरहरु , विद्यार्थी भाइबहिनीहरु , अबिभाबक ज्यूहरु ,पुस्तकालय संरक्षक समितिज्यू हरु, र मेरो आफन्तहरु सबै लाइ म ह्रदय देखिनै हार्दिक हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु बस्नु सिम्खडा ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com