गजल By, मानन्धर अभागी
आजकाल सवार गर्ने वहान कति कति
सवार पछि फर्कँदा त्यो निशान कति कति
था छैन तिमी पाउन मान्छेहरू मर्छन् याँ
तिम्रै पछिपछि लाग्ने त्यो जवान कति कति
तिम्रो रुप त्यो सौन्दर्यले यति ख्याति कमायो
शहरभरिका सँगै त्यो चिनजान कति कति
मान्छे स्वार्थी हुँदा रैछ केही पाइएला भनि
तिम्रै पक्षमा वोल्ने त्यो वयान कति कति
आफ्नो रुपको घमण्ड जवानी त्यो चढेपछि
विना वावुको छोरा छोरी त्यो सन्तान कति कति ।
मानन्धर अभागी