नेपाली उखान कहिँ नभएको जात्रा हाडी गाउँमा भने जस्तै । अमेरिकामा यस्तै जात्रा यत्र तत्र सर्बत्र फैलिएको छ । पछिल्लो एक दशक देखि नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि संगै नेपाली समुदायमा देखिएको चिराले काठमाडौँ उपत्यकाको भन्दा ज्यादा जात्रा अमेरिकामा देखिन थालेको छ । अमेरिकामा संघ तथा संस्थाको जन्म संगै समुदायको सहभागिता पनि त्यतिनै घट्दो अवस्थामा पुगेको छ ।
कार्यक्रम माथि कार्यक्रम भएकोले समुदायलाई भ्याई नभ्याई हुन् थालेको छ । अमेरिकामा एक त कम समय ,त्यसको बाबजुद घर परिवारलाई भन्दा संघ तथा संस्थालाई सेवा प्रदान गरेता पनि दोष र बात लगाइने भएको हुनाले समुदाय बिस्तारै बिलिन हुन थालेका छन् । एउटा दुई वटा बार्षिक कार्यक्रम बाहेक समुदायको भिड कम हुन् थाली सकेको छ । एक थरि समुदाय सहभागिता जनाउदैनन किनभने उनीहरु सत्ताको लागि भएको झगडामा संलग्न हुन् चाहदैनन् । आरामको सास फेर्न चाहन्छन र परिवारलाइ मात्र समय दिन्छन किनभने संघ तथा संस्थामा देखिएको फाटोको कारण कसै संग वैमनस्यता लिन चाहदैनन् ।
कार्यक्रम माथि कार्यक्रम भएकोले समुदायलाई भ्याई नभ्याई हुन् थालेको छ । अमेरिकामा एक त कम समय ,त्यसको बाबजुद घर परिवारलाई भन्दा संघ तथा संस्थालाई सेवा प्रदान गरेता पनि दोष र बात लगाइने भएको हुनाले समुदाय बिस्तारै बिलिन हुन थालेका छन् । एउटा दुई वटा बार्षिक कार्यक्रम बाहेक समुदायको भिड कम हुन् थाली सकेको छ । एक थरि समुदाय सहभागिता जनाउदैनन किनभने उनीहरु सत्ताको लागि भएको झगडामा संलग्न हुन् चाहदैनन् । आरामको सास फेर्न चाहन्छन र परिवारलाइ मात्र समय दिन्छन किनभने संघ तथा संस्थामा देखिएको फाटोको कारण कसै संग वैमनस्यता लिन चाहदैनन् ।
यो क्रम झन् बढ्दो छ । अब सामाजिक संस्थामा लागेर आफ्नो अमुल्य समय ब्यतित गरेर समाज सेवा गर्ने दिन रहने भएन । के को लागि र किन समाज सेवा गर्ने भन्ने तर्फ समुदाय पुग्न थालेका छन् । संघ तथा संस्था मार्फत सेवा गर्न जाँगर हराई सकेको छ । यो सबैको जड हो कुर्शी ? पद लोलुपताले परदेशमा चिर शत्रुत्रा वृद्धि हुन् थालेको छ । सैद्धान्तिक रुपमा उच्च कुरा गरेता पनि कुर्सिको लागि महाभारत अमेरिकाका नेपाली सामाजिक संस्थामा हुन् थालेको छ ।
आधा दशक अगाडी सम्म समुदायमा चिरामा परेको देखिएको थिएन । सद्भाव र भाईचाराको नाता थियो तर अब त्यो कुरा गौण हुन् थालेको छ । यी सबैको जड केवल सत्ता जसरि भए पनि हत्याउने कुटिल चाल । डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व करिब ३० हजार अनुमान गरिएको छ । २०१२ मा भएको अमेरिका नेपाल समाजको निर्वाचनमा करिब ३०० जनाले मात्र मतदान गरे जस अनुसार १ प्रतिसतले मात्र मतदान गरेको देखियो । समुदाय किन यसरि सेलाएको हो भन्ने चर्चा र परिचर्चाको बिषय वस्तु बनेको छ । बिगतमा समुदाय सदस्यले निर्वाचन प्रक्रियाको बिषयलाई लिएर अदालतको शरण लिएको कारण यस्तो शिथिलताको अवस्था श्रीजना त भएको हैन भन्ने अनुमान लगाईएको छ ।
अमेरिकामा करिब ३ लाखको हाराहारिमा नेपालीहरु छन् भन्ने अनुमान गरिएको छ । बिगतको एनआरएन अमेरिकाको निर्वाचनमा करिब ४ हजार सदस्य भएको देखियो भने २०११ मा दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए )को पांच हजार सदस्य भएको आँकडाले देखाएता पनि हाल अप्रत्याशित रुपमा घट्ने क्रम देखिदैछ । किनभने केहि संस्थाहरुमा बागडोरको लडाईको कारण कचहरी ,अड्डा ,अदालत धाउनु पर्ने भएकोले हिन्दि उखान '' दाल रोटि खाओ प्रभुको गुण गाओ '' भने जस्तै बिदेशमा डलर फलाउनुको सट्टा समाज सेवा गर्न कसैलाई फुर्सद छैन भनि तर्किन थालेका छन् ।
एक जना दुबई बाट नेपाल पुगेका संचारकर्मीले नेपालबाट लेखेका थिए ,नेपाल भन्दा मुलुक बाहिर गएका नेपालीहरुलाई ज्यादा सत्ताको लत लागेको पाएको लेखेका थिए । उनि त्यो समयमा नेपाल पुगेका थिए जुन बखत केपी शर्मा ओली तथा माधव नेपाल बिच कडा प्रतिस्प्रद्धा भै रहेको थियो । परिवार पाल्न भनि विदेश लागेका नेपालीहरुलाई दुबईमा ओली र नेपालको चुनाब लागेको अनुभूति भएको प्रसंग कोट्याएका थिए ।
सामाजिक संस्थामा राजनैतिक गन्ध आयो भने सुस्त रुपमा त्यसले बिकराल रुप लिन्छ । नास हुदै सामाजिक संस्था सर्वनास हुने तर्फ जाने अवस्थामा देखिदै आएको छ । अमेरिकामा रहेका एक संचारकर्मीले धेरै बर्ष अगाडी भनेका थिए 'परदेशमा रहेका सबै नेपाली १३ दिने दाजुभाई '' कति संबेदनशील कुरा राखे । उनि नेपाली सामाजिक संस्थाका कार्यक्रम दुर्लब रुपमा उपस्थित हुन्छन किनभने सामाजिक सेवामा पदको लागि नेपालीहरुले देखाएको हर्कतले टाडा भए । अधिकांश नेपालीहरु अमेरिकाका नेपाली सामाजिक संस्था प्रति आस्था राख्न छोडी सके । सत्ता कब्जा गर्ने कुनियतिको साथ भएको झगडा र विवादको कारण सहभागितामा शिथिलता देखा परि सकेको छ ।
अभिरुचि घटन गएको कारण सामाजिक संस्थामा तछाड र मछाडको अवस्थाका केहि संस्थामा प्रतिस्प्रद्धा हुन् छोडेको छ । हजारौको संख्यामा कार्यक्रममा उपस्थिति हुने सामाजिक संस्थामा सयमा झरी सकेका छन् । सामाजिक संस्थाहरुमा कुनै आकर्षण नभएको र पदाधिकारी हुदा असत्य ,झुटा ,मिथ्या आरोप कसले कति खेर लगाउने छन् भनि रुचीमा कमि आएको छ । नेपाली उखान खाई नपाई छालाको टोपी लाई भने जस्तै । परदेशमा आउनु छ ,बिना बित्थामा समाज सेवा गर्नेलाई लान्छना लगाई बेईज्जत गर्ने परिपाटीको विकास भएकोले समाज सेवा गर्न तत्पर हुनेमा कमि भै सकेको छ ।
सबै सामाजिक संस्था एउटा मुलाको डयाङ्ग चाही हैनन् । पूर्ण रुपमा सामाजिक सेवामा समर्पित छन् । भाषा ,संस्कृति ,कला ,परम्परालाई संरक्षण र प्रबर्धन गर्ने हेतुले अनवरत रुपमा काम गरि रहेका संस्थाहरु औलामा गनिन्छन । अमेरिकन सरकारको ईजाजत पत्र लिई सकेका र स्थापित भएका नेपाली सामाजिक संस्थाहरु कसैका बपौति हुदैनन । संस्थापक या लामो समय सम्म सत्तामा रहेकाले सामाजिक संस्थालाई आफ्नो पेवा जस्तो गरेको कारण सहभागितामा कमि आएको छ । हाम्रो अधिकार र हाम्रो संस्था हो भनि दाबि गर्ने समुह बिच भएको भिडन्तले सहभागिता पातलिदै छ ।
आफैले मात्र सत्ता कब्जा गर्नु पर्छ भन्ने मान्यता राख्ने संस्थाहरुमा कलहको कारण सहभागितामा ठुलो कमि देखा परि सकेको छ । अमेरिका अवसरको भूमि भएकोले मानिस लफडामा अल्झिन चाहदैन केवल पदको लागि भएको कलह र अशान्ति प्रति असन्तुस्ट व्यक्त गर्दै समुदाय बहिस्कार गर्ने तर्फ उन्मुख हुदै गै रहेका छन् ।
अमेरिकामा रहेका सामाजिक सेवामा संलग्न हुन्छु भन्ने मनमा कसैले लिएको छ भने हजार पटक गहिरिएर सोच्नु पर्ने भएको छ । सामाजिक संस्थामा प्रवेश हुन साथ तपाईलाई कसैले लान्छना लगाउछन । तपाईलाई कुनै समुहले कसै मार्फत भए नभएको कुरा लेखाउने छन् । भ्रामक र असत्य कुराहरु सत्य झैँ गरि तपाई माथि आरोप र प्रत्यारोप आउने छ । यिनै कारण अमेरिकामा रहेका सामाजिक संस्थामा सहभागितामा भयङ्कर खडेरी लागि सकेको छ ।
केहि बर्ष देखि यस्ता लान्छना सतह माथि आई रहेको अवस्थाले सामाजिक सहभागिता र समाज सेवामा कमि हुन् गइ समुदाय निरुत्साही भएका छन । यो समस्याको निदान गर्ने काम समुदायको भएकोले एक आपसमा एक जुट हुन् सके मात्र नेपाली समाज बलियो हुने छ । नत्र भाई फुटे गवार लुटे भनि पुर्पुरोमा हात लगाउनु पर्ने अवस्थाबाट हामी गुज्रिने छौ । यस्तो अवस्था हुन् बाट जोगाउन हामी एक ढिक्का हुन् अपरिहार्य छ ।
.........................................................................................अस्तु
विजय थापा
विजय थापा
भर्जिनिया, अमेरिका