गजल By, राकेश कार्की


गजल '' आँसु झर्छ प्रिय ''

नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय
छाति चित्त सबै सबै फाटे झैँ गर्छ प्रिय

झर्दै झर्दै मिठा याद दु:ख्दै दु:ख्दै बगेर
खोल्सो, खहरे मिसिदै समुद्र भर्छ प्रिय

आँसुका ढिका ढिकामा ऐना हेर्दै आफ्नो
प्रतिबिम्बले रुन्चे मुस्कान छर्छ प्रिय

हराए पछि संगैका पाईलाका दुई डोब
एक्लो पाईला अगाडि कसरी सर्छ प्रिय

गड्याङ गुडुङ ढाकिएर कालो बादल
खुसी उडाई दर्किएर पानी पर्छ प्रिय

विश्वासको आधारलाई फन्न घुमाएर
चित खुवाई कसैलेकिन सुख हर्छ प्रिय

इन्जिनियर
राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com