राष्ट्रपति ओबामाले इबोला बिरुद्ध अन्तर्राष्ट्रिय समुदायले पर्याप्त कार्य नगरेको गुनासो गरे I

वासिङ्टन, २५ असोज

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इबोलासँग सङ्घर्षका लागि कडा अडान लिएका छन् र यसबाट उनले अफ्रिकामा छाप राख्न खोजेको देखिएको छ । यसो भए पनि अफ्रिकामा इबोलाको सङ्क्रमको स्तर तथा यस सङ्घर्षले लिने समय अझै स्पष्ट भएको छैन । 

अन्तर्राष्ट्रिय समुदायले यो महामारी रोक्न पर्याप्त काम नगरेको भनी अमेरिकी राष्ट्रपतिले कडा आलोचना गरेका छन् । अफ्रिकाको पश्चिमी भागमा यस वर्ष फैलिएको यस रोगले हालसम्म चार हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । राष्ट्रपति ओबामाले गत महिना यस स्वास्थ्य सङ्कटलाई सम्भावित विश्वव्यापी सुरक्षाको चुनौतीको रूपमा लिएका थिए । 

उनले यस विषाणुको फैलावट रोक्न कम्तीमा तीन हजार सैनिक कर्मचारी त्यस क्षेत्रमा पठाउन आदेश दिएका थिए । उनले संयुक्त राष्ट्र सङ्घमा यस विषयमा विश्व छिटो अगाडि नबढेको र आफूहरूले पर्याप्त काम नगरेको बताए । उनले ह्वाइट हाउसबाट यस विषयमा कडा चेतावनी दिएका छन् । लाइबेरिया, सियरालियोन तथा गिनीमा फैलिएको यो रोग रोक्न अमेरिकी प्रयास मात्र पर्याप्त नभएको बताउँदै उनले यसलाई अन्य मुलुकले चेतावनीको रूपमा नलिएको बताए । 

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको विश्वव्यापी नीति तथा वकालतका व्यवस्थापन निर्देशक जो सिरिलले आफूहरूलाई यो रोग सङ्क्रमणको स्तरका वारेमा अझै थाहा नभएको बताए । उनँको संस्थाले यो रोग नियन्त्रणका लागि पाँच करोड अमेरिकी डलर उपलब्ध गराउने बचन दिएको छ । पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अफ्रिकामा घातक बनेको अर्को रोग एचआईभी÷एड्स विरुद्धको सङ्घर्षमा आफ्नो नाम अगाडि बढाएका छन् । 

सन् २००३ मा एड्सबाट राहतका लागि राष्ट्रपतीय आपत्कालीन योजनामा पाँच वर्षमा अफ्रिकी मुलुकमा १५ अर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनेको थियो । राष्ट्रपति ओबामाको प्रशासनले यस कार्यक्रमको आवश्यकताको विषयमा वकालत गरेको छ र यसलाई विस्तार गरेको छ । राष्ट्रपति ओबामाले इबोलाका विषयमा बढ्दो त्रासबीच अमेरिकी जनतालाई अमेरिकामा यो रोग फैलनसक्ने सम्भावना निकै कम भएको बताएका छन् । उनले उक्त कुरा डेमोक्र्याटिक पार्टीका लागि क्यालिफोर्नियामा कोष उठाउने कार्यक्रममा बताएका हुन् । 

केही डेमोक्र्याट तथा रिपब्लिकन सांसदले अफ्रिकाका मुख्य प्रभावित तीन मुलुकबाट अमेरिका आउने उडानमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । राष्ट्रपति ओबामाले भने उक्त कुरा प्रत्युत्पादक हुने बताएका छन् । प्रशासनले यो रोगसँग सङ्घर्ष गर्न आड करोड ८० लाख अमेरिकी डलर माग गरेकोमा सांसदहरूले सर्वसम्मतिले स्वीकृति प्रदान गरेका छन् । 

राष्ट्रपति ओबामाले आफ्नो पदावधिको छ वर्षमा अफ्रिका युद्ध, रोग तथा गरिबीग्रस्त मुलुक होइन भन्ने धारणा बनाउन प्रयास गरेपनि यसले उनलाई असफल बनाएको छ । उनले अफ्रिका आउँदा दिनमा प्रमुख आर्थिक सफलताको कथा हुने बताए । रासस\एएफपी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com