आश्विन १८,भर्जिनिया ,
बिजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी नेपाली समाजले दशमीको दिन यसै क्षेत्र वर पर बसोबास गर्ने नेपाली समुदाय लाई जमारा वितरण गरेको छ । जमरा लिन बिहान देखि नै समुदाय सदस्यहरु घुईचो लागेको थियो ।
डिसी नेपाली समाजले घटस्थापनाको दिन मा नै वैदिक विधिपूर्वक जमारा घरको थापना गरेको थियो l साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेतको आयोजना गरेको थियो । बिजयादशमीको दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिनुको साथै दुर्गा भवानीको दर्शन तथा पण्डित श्री राजेन्द्र खनालद्वारा आशिर्वचन् सहित् टीका लगाई दिएका थिए ।
डिसी महानगर क्षेत्रमा नेपाली परम्परा र संस्कृति संरक्षण गरौ भन्ने मूल उदेश्यको साथ स्थापना भएको संस्थाका अधक्ष्य अरुण रुपाखेतीले सबै बिश्व भर रहनु हुने नेपाली समुदायलाई शुभकामना दिदै यस्तै समाज सेवा गर्न समेत आग्रह गरेका थिए ।