राष्ट्रपति यादवले सर्व साधरंलाई टिका लगाइदिए I

राष्ट्रपति डा.रामवरण यादव बिहीबार शितल निवासमा
सर्वसाधारणलाई टिका लगाइदिंदै । तस्विरः कुमार श्रेष्ठ/रासस
काठमाडौ, आश्विन १८,

 विजयादशमी २०७१ को पावन अवसरमा राष्ट्रपति डा रामवरण यादवले सर्वसाधारणलाई टिका लगाई दिएका छन् ।

अपरान्ह १ बजेपछि शितल निवासमा उनले सर्वसाधारणलाई टिक लगाएका हुन् । त्यस वाहेक उनले उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्ती सहित सरकारका उच्च पदस्थ अधिकारीहरुलाई पनि टिका लगाई दिए ।

उनले आफै भने बिहान १०:१५ मिनेटको शुभ साइतमा पण्डित शंकरप्रसाद सिग्देलबाट टीका, प्रसाद र जमरा ग्रहण गरेका थिए । राष्ट्रपतिबाट टिका लगाउन मन्त्री, सभासद्, उद्योगी, व्यवसायी, पत्रकार, वकिल, प्रध्यापक सहित विभिन्न पेसा व्यवसायका व्यक्तिहरु र सर्वसाधारण शितल निवास पुगेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com