अमेरिकामा दशैं यसरि मनाईयो I

आश्विन १९ ,भर्जिनिया ,

 विजय थापा : अमेरिकामा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरुले हर्सो उल्लासको साथ दशैं मनाएका छन् । आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै दौरा सुरुवाल र महिलाहरुले नेपाल जस्तै गरेर चुरा ,पोते ,तिलहरी बिभिन्न रंगका फरिया लगाएका थिए ।

आफु भन्दा मान्यजनहरु संग टिका थापेका थिए भने आफु भन्दा सानालाई आशिर्बाद दिई टिका लगाई दिएका थिए । यस बर्ष दशमी शुक्रबार कामको दिन परेको भएता पनि कामको सुबिधा अनुसार बिहान १०.१५ मिनेट को साइतमा नै टिका लगाएका थिए भने समय नभ्याएकाहरुले टिका सांझ सम्म लगाएका थिए । टिका कार्यक्रम बिहान देखि राति सम्म चलेको थियो । 

बालबालिकाहरु बिसेष रुपमा नया कपडामा देखिन्थे भने अधिकांस नेपालीले ढाका टोपी तथा दौरा सुरुवाल आफन्तका आवत जावत गरेको देखिन्थ्यो । कामको दिनमा दशमी परेकोले अमेरिकामा नेपालीहरुको पोसाक ,रातो टिका निधारमा र बिभिन्न पहिरनमा समुहमा आवत जावत गरेको बिदेशीहरुले देखेर अभिरुची पुर्वक दशैंको बारेमा जिज्ञाशा राखेको डिसी बासी एक नेपालीले जानकारी गराए । 

नेपाली समुदायले पक्कु ,खल्पिको अचार ,रायोको साग ,सेल रोटि ,चिउरा ,कलेजो ,भुटेको भित्र्यास आदि खान पाएकोमा नेपाल पुगेको अनुभूति गरेको अधिकांस नेपालीहरुले बताए । टिका लगाउनुको साथै जमरा कानमा भिरेर यत्र तत्र नेपालीहरुको चहल पहल बढेको देखिएको थियो । केहि नेपालीहरुले नेपाल जस्तो चंगा उदाउन र लिङ्गे पिङ्ग खेल्न अमेरिकामा नपाईने भएकोले जे जस्तो भएता पनि दशैंमा मात्री भुमिको धेरै याद आएको बताए। 



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com