बाबियाचौर -म्याग्दी), १३ कात्तिक ,
म्याग्दीको विभिन्न्ा ठाउँमा रहेका सामुदायिक विद्यालयले निजी स्रोतका शिक्षकको तलब/भत्ताका लागि यस वर्ष देउसी भैलो खेलेर करिब रु एक करोड नगद सङ्कलन गरेका छन् । शिक्षकहरुको तलब व्यवस्थापन, भौतिक पर्ूवाधारमा सुधार तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने रकम जोहो गर्न विद्यालयहरुले देउसी भैलोलाई माध्यम बनाएका हुन् । विद्यालयका शिक्षक, विद्यार्थी र समाजसेवी, युवा क्लबलगायतको सहभागितामा खेलिएको देउसी भैलो कार्यक्रमबाट म्याग्दीमा यस वर्षझन्डै रु एक करोड उठेको अनुमान गरिएको छ ।
पिप्ले गाविसमा रहेको रघुगङ्गा माध्यमिक विद्यालयले भैलो खेलेर रु २९ लाखभन्दा बढी रकम सङ्कलन गरेको प्रअ रमेशसिंह ठकुरीले जानकारी दिनुभयो । भैलो खेलेर अमर मावि चिमखोलाले -रु तीन लाख ९७ हजार), हेम उच्च मावि शिवाङले -रु छ लाख १९ हजार, ताकम मावि ताकमले रु दर्ुइ लाख ५४ हजार), आदर्श मावि रिमले -रु एक लाख आठ हजार), निस्कोट माविले -रु दर्ुइ लाख ७८ हजार) सहयोग जुटाएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

विसं २०६६ पछि माध्यमिक तहको अध्यापन अनुमति प्राप्त गरेका म्याग्दीका सबैजसो विद्यालयले सरकारी दरबन्दी प्राप्त गर्न नसक्दा वैकल्पिक बाटो समात्न बाध्य भएका छन् । सरकारबाट विद्यार्थी सङ्ख्याको आधारमा पाउने अनुदान घट्न थालेपछि भैलो, सांस्कृतिक कार्यक्रम र चन्दामार्फ शिक्षकको तलबभत्ता जुटाउनुपरेको निस्कोट माविका प्रअ लेखबहादुर पुनले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयका अनुसार म्याग्दीमा रहेका २४० मध्य विभिन्न विद्यालयको ४९ वटा तह दरबन्दीविहीन रहेका छन् ।
स्काइपमार्फ खेलिएको भैलीबाट रु ३० लाख ५४ हजार सङ्कलन :
स्काइपमार्फ खेलिएको भैलीबाट रु ३० लाख ५४ हजार सङ्कलन :
म्याग्दीको पिप्ले गाविसमा रहेको रघुगङ्गा माध्यमिक विद्यालयले सामाजिक सञ्जाल स्काइपको समेत प्रयोग गरेर खेलेको भैलीबाट रु ३० लाख ५४ हजार सङ्कलन गरेको छ । तिहार पर्वको अवसरमा विद्यालय सेवा क्षेत्रभित्र खेलिएको भैलीमार्फ रु ३० लाख ५४ हजार सङ्कलन भएको प्रअ रमेशसिंह ठकुरीले जानकारी दिनुभयो । उहाँ
का अनुसार विदेशमा रहेकाको गाउँको घरआँगनमा भैली खेल्ने क्रममा विद्यालयको स्काइप ठेगानामार्फ सर्म्पर्क गरी प्रत्यक्ष देखाएर दान मागिएको थियो । रासस