मृगौला पीडितको याचना I

भद्रपुर, १३ कात्तिक,

झापा बुधबारे-३ होक्से निवासी मोहन दर्जीको दुवै मिर्गौला खराब भएपछि उपचारका लागि सहयोगको याचना गरेका छन् । 

उहाँको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि दर्जीले विर्तामोडको मेडिका हस्पिटलमा जाँच गराएका थिए । मिर्गाैलामा खराबी देखिएको भन्दै अस्पतालले दर्जीलाई अन्यत्र लैजान सल्लाह दिएको थियो । काठमाडौँको टिचिङ अस्पतालमा चेकजाँच गराउँदा उनको दुवै मिर्गाैलामा खराबी देखिएकाले मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने उपचारमा संलग्न चिकित्सक डाक्टर शैलेष श्रेष्ठले बिरामीको अभिभावकलाई जानकारी दिनुभयो । 

पारिवारिक अवस्था कमजोर रहेको र मिर्गाैला प्रत्यारोपण गर्न रु १० लाख खर्च हुने भएपछि उनले सहयोगका लागि र जीवन बचाइदिन याचना गरेका हुन् । उनको उपचारका लागि मोहनप्रसाद तिम्सिनाको संयोजकत्वमा १३ सदस्यीय सहयोग समिति गठन भई सहयोग सङ्कलन सुरु गरेको छ । 

सहयोग गर्न इच्छुकलाई विर्तामोडको ग्लोबल आइर्एमई बैंकको खाता नम्बर ३३०९०१२६५००१२ मा जम्मा गरिदिन सहयोग समितिले आग्रह गरेको छ । विगत केही वर्षेखि झापामा मिर्गाैला रोगीको समस्या बढ्दै गई उपचारमा पनि सहयोगकर्ताले सक्रियता देखाउँदै आएका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com