जीवन एक जीउने शैली अनेक ।

काठमाडौं कहिले झरीले झिज्छ, कहिले घामले सेकिन्छ । कहिले कतैबाट अनयास बादल आएर गुर्लुम्म घुम्टो ओडाइदिन्छ । त्यसैले काठमाडौं कहिले मज्जाले निदाउछ । फेरि कहिले आन्दोलित पनि हुन्छ काठमाडौं । दैनिक हजारौंको सख्यामा युवाहरु विदेशीन लागेको लामो लाइनलाई हेर्दै अन्तर्राष्ट्रिय विमानस्थलतिर फर्केर कहिले बेसरी रुन्छ पनि काठमाडौं । 

त्यही“ भीडभाडमा जहिले पनि ह“सिलो अनुहार लिएर एउटा लक्ष्यमा हि“डिरहने गुमनाम हो शरद राई । धनकुटा, पाख्रिबास स्थित विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरेका शरद राई धरान सेकेन्डरी बोर्डिब स्कूलमा मावि सम्मको अध्ययन पूरा गरे । हात्तीसार क्याम्पसमा आइ. एस्सी. सम्म पूरा गर्दा अध्ययनको क्रममा आफूले हासिल गरेको सफलताले उनलाई अध्ययनमा नै लागिरहन अग्रसर गरायो । त्यसैले उनले बी.एस्सी. सम्मको अध्ययन बिराटनगरमा पूरा गरे । त्यसपछि भने भविष्य र जीवन खोज्दै काठमाडौं आएका थिए, उनी काठमाडौं आएको पनि दुई दशक भयो । काठमाडौं ठूलो ठाउ“ भएकोले यहा““ टिक्नु त्यति सजिलो भने थिएन । 

विस्तारै काठमाडौंमा व्यस्त हुन सिक्दा सिक्दै अभ्यस्त भए शरद राई । ति दिनहरुमा बिहान ७ बजे कोठाबाट निस्किएको मान्छे राति कोठामा आइपुग्दा ९ बजि सकेको हुन्थ्यो । त्यति बे लाका प्रख्यात नृत्य प्रशिक्षक प्रबेश बान्तवाबाट प्रशिक्षण पाएका उनले आफनो करियर पनि नृत्यबाट नै शुरु गरे । सुरुको दिनमा काठमाडौंको त्यो भीडमा उनको परिचय नृत्यले नै दिएको थियो । उनैले नृत्यका ताल सिकाएका धेरै विद्यार्थीहरु नेपाली र ̈मञ्चमा स्थापित भैसकेका छन् । विश्व सामु आफूलाई उभ्याउन बहु आयामिक हुनु पर्छ,अनि प्र्र्राविधिक अध्यायन नै त्यसको अस्त्र हुन सक्छ भन्ने लागेर राष्ट्रिय कम्प्युटर केन्द्र, सिंहदरबारबाट कम्प्युटरमा डिप्लोमा गरेका उनले धेरैलाई माउस र किबोर्ड चलाउन सिकाए । 

एकताका उनी विभिन्न स्थानीय पत्रिका तथा मेगजिनका डिजाइनमा पनि व्यस्त रहे । त्रिभुवन विश्वविद्यालयबाट एम.एस्सी.को अध्ययन पूरा गरेपछि भने उनले वाइल्डलाइफ तथा इन्भाइरोन्मेन्ट संस्थामार्पmत चितवन अनि कोसीटप्पु लगायतका विभिन्न स्थानहरुमा वन्यजन्तु र वातावरण सम्बन्धी अनेक अनुसन्धान तथा कार्यक्रमहरुमा सरिक बने । काठमाडांैमा व्यावसायिक फोटोग्राफी ताते सर्दै गरेको बेला उनले पनि नेपालका अग्रज व्यक्तित्व नायक तथा निर्देशक विश्व वस्नेत र सिनेम्याटोग्राफर जावेद शाहबाट फोटोग्राफीको शिक्षा लिए । यही“ समयमा मिडियामा पोष्ट ग्राजुयट गरेका उनले शुरुमा वाइल्डलाइफ मेगाजिन तथा विभिन्न स्थानीय पत्रिकाका लागि फोटोपत्रकारिताको रुपमा काम गरे । 

नेपालमा फोटोग्र ाफी शिक्षाको नाजुक अवस्था नै भए पनि त्यसैमा सुखद भविष्यको सम्भावनालाई स्विकार्दै उनी नया“ दिशा तर्फ मोड्दै फोटोग्र ाफी शिक्षातर्फ आफनो भविष्य खोज्न थाले । नया“ विषय र नौलो क्षेत्रलाई भविष्यको गोरेटो बनाउदै धेरै सघंर्ष र तीतामीठा क्षणहरु सगांल्दै आफ्नो जीवनलाई फेरि शुन्यबाट शुरु गरे । नेपालमा फोटोग्राफी शिक्षाको महत्वलाई विशेष प्राथमिकता दिदै सो समयमा फोटोग्राफी सम्बन्धि पुस्तक नभएको सन्दर्भमा करिव नौ महिना लगाएर ।

फोटोग्राफी दिग्दर्शन’ नामक पुस्तक तयार गरे । उक्त पुस्तक फोटो कन्सर्नले वि. सं. २०६१मा प्रकाशनमा ल्याएको थियो । त्यस्तै फोटोग्राफी सम्बन्धि नै अर्को अंग्रेजी पुस्तक । एक्पो जर’ वि. सं. २०६५ मा प्रकाशित भयो । सो पुस्तक । नेशनल फोटोग्राफी’ले प्रकाशन गरेको हो । फोटोग्राफी सिक्न इच्छा राख्नेहरुका लागि र विभिन्न विश्वविद्यालयका पाठ्यक्रमलाई आधार बनाएर तयार गरिएका यी पुस्तकहरुले विद्यार्थीहरुको चाहनाहरुलाई केहीहदसम्म पुरा गर्न सकेकोमा निकै खुशी छन् उनी । लाज्लो मोहोलीको भनाइलाई सापटी लिदै उनी भन्छन् –।

फोटोग्राफीको ज्ञान अक्षरहरुको जतिकै महत्वपूर्ण हुन्छ, कलम चलाउन नजान्नेलाई अशिक्षित भनेजस्तै भविष्यमा क्यामेराको प्रयोग गर्न नजान्नेहरुलाई पनि यहि श्रेणीमा राखिनेछ ।’ विश्वका हरेक कुनाका मानिसहरुले दृष्यलाई सजिलै बुझ्न सक्छन्, त्यसैले फोटोग्राफी एक मात्र अन्तर्राष्ट्रिय भाषा हो । आफ्नो अभिव्यक्तिलाई लेखनद्धारा प्रस्तुत गर्न कलम चलाउन सिके जस्तै फोटोग्राफीका पनि केही आधारभूत सिद्धान्त र प्रयो गका तरिका छन् जुन अध्यायन गरेपछि मात्र सटीक प्रस्तुत गर्न सकिन्छ भन्ने तथ्यलाई आधार बनाउदै फोटोग्राफीमा लिन हुन थाले । उनी भन्छन ।

यो कार्यले नेपालमा फोटोग्राफीको विकासमा केही सानो अशं मात्रै पनि सहयोग गर्न सकें भने मेरो लक्ष्य पुरा भएको ठान्दछु ।’ काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विभिन्न शिक्षण संस्थाहरुमा फोटोग्राफी तथा फोटो पत्रकारिताको प्राध्यापन गरेका उनले नेपालमा अझै पनि फोटोग्राफीमा गहन अध्ययन तथा अनुसन्धानको खा“चो रहेको स्वीकार्छन् । त्यति मात्र होइन, नेपाल प्रहरी तालिम केन्द्र, नेपाल रेडक्रस सोसाइटी, संयुक्तराष्ट्रसङ्घ नेपाल कार्यलय, मानव अधिकार आयोग लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि विशेष फोटोग्राफी प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । त्यसैले भन्न सकिन्छ राई एक कुशल फोटोग्राफी प्रशिक्षक पनि हुन् । 

नेपालको फोटोग्राफीको ऐतिहासिक पृष्ठभूमी,वर्तमान अवस्था र विकासकाबारेमा धेरै अनुत्तरित प्रश्नहरुको समाधानको लागी उनी सदैव तत्परताका साथ लागी परेका छन् । आफुलाई सदैव चुस्त र दुरुस्त बनाइराख्न अध्ययनलाई अगाडी बढाइरहनु पर्छ भन्ने तर्क गर्छन उनी । त्रिभुवन विश्वविद्यालय, इतिहास विभागबाट एम. ए. मा प्रथम श्रेणीमा प्रथम गरेका उनी फोटोग्राफी क्षेत्रमा ठूलै फड्को मार्न सकिन्छ भन्ने कुरामा विश्वस्त छन् । पाख्रिवासको स्थानीय क्लवबाट दशैं तिहारको अवसर पारेर व्यापक शुभकामना सा“झ कार्यक्रमको आयोजना गर्दा डान्स निर्देशन उनै ले गरेका थिए । नाटक । सम्धि साहेव’ को निर्देशन र अभिनय पनि गरेका थिए । त्यो बेला उनले पाएको न्यानो स्याबासी निकै महत्व राख्ने बताउछन् । यसरी उनी नाट्ययकार पनि हुन भन्दा अत्युक्ति नहोला । कोलिन पावेलले भनेको छन् –।कुनै सपना जादुद्धारा पुरा हुदैन । त्यसका लागि त पसिना, इच्छाशक्ति र कडा मेहनत चाहिन्छ ।’ 

शर द राईलाई यति अग्लो व्यक्तित्व बनाउने अरु केही जादु नभएर उनको लगलशीलता र मेहनत नै हो । तर उनलाई कहिलेकही“ त धेरै काम जान्ने हुनु पनि दुःख पाउनु रहेछ जस्तो पनि लाग्छ । बच्चादेखि पाकाहरुस“ग पनि त्यतिकै मेलमिलाप हुन सक्ने शालिन शरद राईको व्यत्तित्वको अर्को आर्कषण पक्ष हो । कहिलेकही“ आफ्नो घर जा“दा पनि आरामले बस्दैनन् । विद्यालयहरुमा गएर क्लास लिने काम गर्छन् । कसरी पढ्ने र परिक्षामा कसर ी राम्रो नम्वर ल्याउन सकिन्छ भनेर विद्यार्थीहरुलाई सिकाउछन् । अनि जा“दा खालि हात कहिल्यै जादैनन्,त्यहा“को पुस्तकालयको लागी केही पुस्तकहरु लिएर जान्छन् । शिक्षितहरु शिक्षाकै कुरा गर्छन् । त्यसैले त उनी आफ्नो गाउ“मा मात्रै होइन धादिब र जाजरकोट तिरको पुस्तकालयहरुमा पनि आफूलाई मन परेका पुस्तकहरु किनेर पठाउने गर्दछन् । 

उनका बाबा लाहुरे भएर पनि पाख्रिवासका पुराना व्यवसायी हुन् । अनि सामाजिक कार्यमा पनि सक्रिय थिए । पाख्रिवासमा कैलासनाथ मन्दिर उनकै नेतृत्वमा बनिएको हो । उनलाई लाहुरे हुन जति सजीलो थियो अध्ययनको लागि त्यति सजीलो थिएन । लाहुरेको छोराछोर ीहरु कुलतमा फस्छन् । यो आंशिक सत्य पनि होला । धेरै भए भने लाहुरेसम्म हुन्छन् भन्ने हाम्रो समाजको धारणालाई गलत प्रमाणित गर्दै उनले लाहुरेको सन्तानले यस्तो पनि गर्न सक्छन् भन्ने एउटा उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरेका छन् । वातावरण, कम्यूटर, फोटोग्राफी जस्ता जनसरोकारको विषयहरुमा सयभन्दा धेरै लेखहरु विभिन्न अंग्रेजी तथा नेपाली पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् ।

आफै“ले पनि पाख्रिवास बुलेटिनको प्रधान सम्पादक, वाइल्डलाइफ र वातावरण मञ्च पत्रिकाहरु को पनि सम्पादन मंडलमा रहि काम गरिसकेको राई एक कुशल संचारकर्मी पनि हुन् । उनकै शब्दमा भन्ने हो भने जीवन भनेको बा“चुन्जेल निरन्तर गरिने सङ्घर्ष हो । उनको कर्मले पनि यही कुरालाई प्रमाणित गर्दछ । जीवनको आरोह अवरोहहरुमा कहिल्यै जीवन प्रति निराशा हुने नजानेका उनी हरेक चुनौतीहरुलाई एक अवसरको रुपमा ग्रहण गर्छन् । यस्तै उनको जीवन जीउने गज्जवको कलाले उनलाई जुन सुकै परिस्थितिमा पनि हा“सेर सहजताको साथ जीउन सिकाएको छ । 

 सादा जीवन उच्च विचार राख्ने राईका यति बेला क्यामरा, ल्यापटप र मोबाइल जीवन शैली बनेको छ । प्रकृतिको सामप्यता मन पर ाउने उनी जीवनका उतारचढावहरुलाई प्रकृतिको मौसमस“ग दा“ज्न चाहन्छन् र आफनो जीवनलाई सहजता प्रदान गर्दछन् । बो लीभन्दा काम गरेर देखाउन चाहने मानिस हुन् शरद राई । यति भएर पनि कहिल्यै मिडियामा देखिन नचाहने उनी धेरैको लागी प्रेरणा पनि हुन सक्छन् । जीवनभरी अध्ययन गरे पनि सकिदैन भन्ने राम्रैस“ग थाह छ, फेरि पनि उनको अध्ययनको क्रम जारी नै छ । अहिले पनि उनी नर्वेको ओस्लो विश्वविद्यालयबाट । फोटोग्राफीको व्याख्या र विवेचना’ सम्बन्धि विद्यावारिधि गर्दैछन् । सम्भवत उनी फोटोग्राफीमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुनेछन् । यतिबेला उनलाई हामी केवल गुड लक भन्न सक्छौं ।

प्रस्तुति : चकेंद्र राई 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com