अमेरिकन विश्व बिद्यालयमा नेपाली महिला अधिकारकर्मीको वृतचित्र ''अछुत'' को प्रथम प्रदर्शन '' I

कार्तिक १४ ,भर्जिनिया

विजय थापा : अमेरिकाको बोस्टन स्थित एक सय तीन बर्ष पुरानो पाइन् म्यानर कलेजमा महिला अधिकारकर्मी डा बिष्णु माया परियारको जीवनमा आधारित वृतचित्र " अछुत '' अक्टोबर २८ तारिख एक बिशेष कार्यक्रम बीच प्रथम प्रदर्शनी गरिएको छ  । 

उक्त वृतचित्र निकोल्सन बिशिष्ठ उपदेश शृंखला कार्यक्रम अन्तर्गत समाबेश गर्दै उक्त बिश्व बिद्यालयले डा परियारलाई अतिथि प्रवक्ताको रुपमा निम्त्याएको हो  । 

पन्ध्र मिनेटको उक्त वृतचित्रमा सामजिक कार्यकर्ता डा बिष्णु माया परियारले आफ्नो बाल्यकालमा भोगेका पिडा ,व्यथा र कथालाई बिषय वस्तुमा ढाली संक्षिप्त चित्रण गरिएको छ  । 

डा परियारले बोल्दै नेपालमा जाति र लिङ्गको आधारमा विभेदको पद्धति गलत थियो  ... र मैले यो पद्धतिलाई परिवर्तन गर्ने उदेश्य बनाए  ।  त्यसको सशक्त औजार भनेको शिक्षा हो र यसबाट नै यसको निकास निस्कने छ भन्दै आफु यसमा होमिएको बताईन  । 
र, केवल १९ बर्षमा एड्वन ( इम्पावर दलित वुमेन अफ नेपाल ) खोलेको चर्चा गर्दै केवल $ १५० डलरबाट एक बिदेशी महिलाले दिएको रकम बाट स्थापना गरेको संस्था आज तेह्र  हजार भन्दा ज्यादा बालबालिकालाई शिक्षा दिन सफल भएको छ भन्दै नेपालको सात जिल्लामा महिला समुहको माध्यमबाट पुरुष ,महिला तथा बालबालिकालाई सशक्तिकरण गरेको बताईन  । 

उक्त कार्यक्रममा उक्त कलेजका बिद्यार्थीहरुलाई उत्प्रेरणा मिलोस भन्दै सो वृतचित्र देखाईएको हो  ।  उक्त वृतचित्र समाप्त पछि नेपालमा जातीय विभेद ,अछुत र लिङ्ग असमानताको बारेमा महिला प्रति विभेद देखिएकोले पुरुष लाई किन त्यस्तो विभेद गरिदैन थियो भन्ने प्रश्न धेरैले जान्न चाहेका थिए र उत्तर डा परियारले दिएकी थिइन्  । 

डा परियारले जीवनमा पाईन कलेजले धेरै गुण लगाएको भन्दै आफ्नो जीवनी बारेमा बनाइएको वृतचित्र सबै संग बसेर हेर्न पाउनु र प्रथम प्रदर्शन गरि दिएकोमा हर्ष व्यक्त गरिन  ।  डा परियारले सन् २००४ मा स्नातक तथा २०१३ मा सामाजिक सेवामा अतुलनिय काम गरे वापत बिध्या वारिधि पदले सम्मान गरेको थियो  । 

सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी डा बिष्णु माया परियार सशक्त दलित महिला नेपाल ,बोस्टन ,अमेरिकाकि संस्थापक तथा गैर आवासीय नेपाली संघ कि महिला सशक्तिकरण बिभागकि सभापति पनि रहेकी छिन् ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com