बलात्कार मुद्दा मिलाउदा पीडित पक्षलाई दबाब I

सुरुङ्गा -झापा), १४ कात्तिक,

छिमेकीबाट बलात्कृत भएकी झापा जलथल-८ निवासी ११ वषर्ीया एक बालिकाका अभिभावकलाई पीडक पक्षले दबाब दिएर लेनदेनमा मुद्दा मिलाउन खोजेको खुलासा भएको छ । 

बालिका बलात्कारको अभियोगमा पक्राउ परेका स्थानीय रामकृष्ण गौतमको परिवारले पीडित पक्षलाई पैसामा मुद्दा मिलाउन निरन्तर धम्की दिँदै आएको अधिकारकर्मीलाई बताएसँगै सो खुलासा भएको हो । जलथल निवासी भुवन बाँस्कोटाका अनुसार असोज २३ गते गौतमले बालिकालाई घरमा कोही नभएको मौका छोपी मोबाइलमा राखिएको अश्लील भिडियो देखाउँदै यौनशोषण गरिएको हो । 

बालिकालाई गौतमले यौनशोषण गरेका बेला पीडित बालिकाले चिच्याएपछि स्थानीय अर्की बालिकाले देखेर गाउँलेलाई खबर गरेलगत्तै गौतमलाई गाउँलेले नै नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यता पीडक गौतमकी श्रीमती र दाजु टङ्कमणिले पीडितकै घरमा गएर रु ५० हजारमा मुद्दा नमिलाए ज्यान मार्ने धम्की दिएको पीडित पक्षले अधिकारकर्मीलाई बताएसँगै घटना र्सार्वजनिक भएको हो । 

एकीकृत विकास प्रतिष्ठानको मानवअधिकार डेस्कका प्रमुख विष्णुप्रसाद खरेल र युथ एक्सन झापा संयोजक दीपक दासको नेतृत्वमा अधिकारकर्मीको टोलीले जलथल पुगेर घटनाको स्थलगत अनुसन्धानसमेत गरेको बताएको छ । अधिकारकर्मी खरेलका अनुसार आरोपित गौतमले बालिकालाई बलात्कार गरेका कारण बालिका राम्रोसँग बोल्नसमेत नसक्ने अवस्थामा रहेकी छन् । 

पीडित बालिकाका आमाबुबा दुवै अपाङ्ग रहेकाले बालिकाको उपचार र सुरक्षाको व्यवस्था मिलाउनसमेत अधिकारकर्मीले माग गरेका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com