नयाँ संबिधान धर्मनिरपेक्ष नै रहनु पर्ने माग I

काठमाडौँ, १४ कात्तिक ,

नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षतालाई अपरिवर्तनीय धारामा राखी तोकिएको समयमै संविधान जारी गर्न राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले माग गरेको छ ।

महासङ्घले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मृत्यु संस्कारजस्तो संवेदनशील विषयलाई ध्यानमा राखी उपत्यकालगायत देशभरका सबै जिल्लामा यथाशीघ्र समाधिस्थलको व्यवस्था गर्नुपर्ने, ख्रिस्टियन समुदायको बडा दिन ‘इष्टर’ मा र्सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने र महासङ्घसँग सरकारले गरेको पर्ूव सम्झौताहरुको यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।

महासङ्घका महासचिव सिवी गहतराजले मुलुक लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष राज्य घोषणा भए पनि ख्रिस्टियन समुदायले आफ्नो धार्मिक परम्पराअनुसार मृत्यु संस्कारसमेत गर्न नपाएको गुनासो गर्नुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com