नेपाली टोपी लगाइदिएर बिदेशी डाक्टरको बिदाइ I

लम्की (कैलाली), १४ कात्तिक ,

चार दिनसम्म टीकापुरका जनताको स्वास्थ्य उपचारमा योगदान पु¥याएका सिङ्गापुर र फिनल्यान्डका डाक्टरको टोलीलाई नेपाली टोपी र दोसल्ला पहि¥याएर बिदाइ गरिएकोे छ ।

शिविर आयोजक सिनै एजी चर्चका अध्यक्ष खड्ग साहुले पुरुष डाक्टरलाई नेपाली टोपी पहि¥याएर र महिला डाक्टरलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् । उपचारमा संलग्न डाक्टरले सेवा गर्ने मौका दिएकोमा आयोजक तथा टीकापुरवासीलाई धन्यवाद दिएका थिए ।

नेपाली टोपी लगाउन पाएकामा डाक्टरहरुले आफूलाई एकदमै खुसी लागेको प्रतिक्रिया दिएका थिए । शिविरमा दुई हजार २४८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा ३०० दाँतका रोगीको उपचार गरिएको छ भने १५० जनाको मासु पलाएको शल्यक्रिया भएको छ भने ३०० जनालाई चस्मा वितरण गरिएको छ ।

“शिविर पूर्णरुपमा सफल भयो, आम जनताले सेवा पाएका छन्”, आयोजक संस्थाका अध्यक्ष खड्ग साहुले भने, ‘उपचार नपाएर घरमा छट्पटाइरहेकाले सेवा लिएका छन् ।’ शिविरमा स्त्रीरोग, दन्तरोग, शल्यक्रियासहित विभिन्न रोगको उपचार गर्नुकासाथै औषधि निःशुल्क प्रदान गरिएको थियो । शिविर १० गतेबाट सुरु भएको हो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com