बोक्सीको आरोपमा कुटपिट, केश मुण्डन I

नुवाकोट, १४ कात्तिक ,

नुवाकोटको बेतिनी गाउँ विकास समितिको वडा नं ५ की एक महिलालाई स्थानीयवासीले बोक्सीको आरोप लगाई कपाल मुण्डन गरी कुटपिट तथा दर्ुर्व्यवहार गरेका छन् ।

महिलालाई दर्ुर्व्यवहार गरेको आरोपमा नुवाकोट प्रहरीले मुख्य नाइके ३५ वषर्ीया सुनीमायाँ तामाङ र ३१ वषर्ीया मनमायाँ तामाङलाई पक्राउ गरेको छ । यही कात्तिक ९ गते स्थानीय महिलाले बोक्सी भएको आरोप लगाउँदै साँझ ५ बजेको समयमा हँसियाले कपाल काटी, मलमूत्र खुवाउने प्रयाससमेत गरेको र शरीरको विभिन्न स्थानमा चोट लाग्ने गरी कुटपिटसमेत गरेको पीडित महिलाले बताउनुभएको छ ।

पीडितले नाम नै किटानी गरी दिएको उजुरीको आधारमा पीडकहरु सुनीमायाँ तामाङ र मनमायाँ तामाङलाई जिल्ला अदालत नुवाकोटमा बोक्सीको आरोप लगाई यातना दिएको मुद्दामा म्याद थप गरी कारबाही सुरु गरिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभएको छ । घटनामा संलग्न रहेकाको पहिचान गरी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com