तेल अभिव (इज़रायल) आश्विन
२५,
इजरायलमा स्थापित साहित्यिक संस्थाहरु पनि समाजसेवी कार्यमा जुट्न थालेका छन् । गत साउन १६ गते मध्य राती सिन्धुपाल्चोकको माँखामा पहिरो गए पछि संसारभरि छरिएर रहेका नेपालीहरु दुखी भए । यहाँ इजरायलमा गठित नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा पनि सिर्जनाबाट सहयोगी हात बढाउन अघि सर्यो । शाखाले आकस्मिक बैठक बसी सहयोग अभियानलाई अगाडी बढायो ।
उता मलेशिया शाखा यो काममा सक्रिय भएर जुट्यो । दुबै शाखाबाट संकलित सहयोग रकम आज बनसाँघु मा. वि. मा आयोजित छात्रबृत्ति हस्तान्तरण समारोमा सो विद्यालयका ३ जना विद्यार्थी पदम तामाङ, देउती खत्री, मनिषा तामाङ, विद्यालयका संस्थापक इन्द्रलाल श्रेष्ठ र प्र.अ. बलराम तिमिसिनालाई ४ लाखको चेक बुझाईयो । छात्रवृति रकम हस्तान्तरण पछि प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले ७० सालमा सुदूर पश्चिममा बाढी जाँदा पनि यस्तै सहयोगी हात बढाएको संस्मरण गर्दै यस पटकको सुनकोशीको पीडामा विदेशका साहित्यिक साथीहरुबाट जुटेको सहयोग रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।
प्रष्ठिानका महासचिव रमेश पौडेलले नेपालीहरु जहाँ पुगे पनि आफ्ना आफन्तको दुखमा साहित्यकारहरु नै बढी दुख्ने भएकाले यो छात्रबृत्ति कोषको स्थापना हुन पुगेको बताउँदै इजरायल र मलेशिया शाखाका सम्पूरण पदाधिकारीहरुलाई धन्यवाद दिनु भयो । इजरायल शाखाकी सदस्य श्रेष्ठ बसुले यो पहिरोको खवरले स्तव्ध भएर आकस्मिक बैठक बसी सहयोग रकम उठाउन थालेको र बाढी पहिरोमा पर्नेलाई प्रत्यक्ष सहयोग पुग्ने गरी सहयोग रकम पुर्याउने सोच हाम्रो शाखाकी अध्यक्ष सुचित्रा खनियाजीको भएकोले हस्तान्तरण समारोहमा शाखाको तर्फबाट उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै यस्तो सहयोग भविष्यमा पनि गर्दै जाने बताउनु भयो ।
छात्रबृत्ति रकमको चेक बुझ्ने पदम तामाङ, देउती खत्री र मनिषा तामाङले साहित्यकारहरुबाट प्राप्त सहयोग रकमको सही सदुपयोग हुने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक बलराम तिमिसिनाले अन्य समाज सेवी संथाबाट यस्ता सहयोग प्राप्त भए पनि साहित्यिक सस्ंस्थाबाट यो नै पहिलो भएको बताउनु भयो । छात्रबृत्ति रकम हस्तान्तरण समारोहमा बोल्दा बोल्दै कक्षा ६ मा अध्ययनरत देउती खत्री र प्र.अ. बलराम तिमिसिनाको गला अवरद्ध भई रोए पछि समारोहमा सन्नाटा छाएको थियो । सो समारोहमा सहभागी हुन सुनकोशीको बनसाँघु मा.वि. मा पुग्नुहुने प्रतिष्ठानका पदाधिकारीहरुले बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकन र निरीक्षण गर्नु भएको थियो ।