कविता By, श्रीभक्त पौडेल¨आफन्त¨


कविता '' बिन्ती छ ''

यो देश बिभाजित गर्न नखोज 
देख्दैनौ,यो समाज खण्डित छ
सिकाउनु छैन थोत्रा उपनिषेदहरु 
राजनीतिको यहाँ महापण्डित छ

आँखा खोलेर हेर अन्धो छ कानुन 
न्यायलयको एेन नै दण्डित छ  
जति मुठी उचाल अनि बन्दुक,तर 
तर देख्यौ नि सबथोक बर्जित छ 
थाहा छ यहाँ कसलाई? बताउ 
यो नयाँ नेपाल कता जादैछ 
एकताको मन्त्र जप्दै,बुझ्दैनौ कि
यहाँ हरकोहीका प्रस्ताव बिखण्डित छ,

घाट बाट फर्केका तन्त्रै तन्त्र र,
बादै बादका जन्ती र मलामी 
हेर्नुस् त हजुर कति हर्षित छ 
फरक छैनन् हिजोका बाबुसाहेब र 
आजका माड्साबहरुको चर्तिकला 
तिम्रो हाम्रो दिमागमा घुसे´पो 
बुझ्नै नसक्ने अतिरन्जित छ

बिन्ती छ 
यो देश बिभाजित गर्न नखोज  
अनेकौ दाउहरुमा महाराजा बन्न नखोज 
देख्दैनौ ????
यो समाज आज कति खन्डित छ। 

श्रीभक्त पौडेल¨आफन्त¨
रामपुर चितवन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com