कञ्चनपुर, १ कात्तिक,
जिल्लाका ३३ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखापरेको छ । सानै उमेर विवाह गर्ने, धेरै पटक बच्चा जन्माउने, जन्मातर थोरै हुने, गर्भवतीको समयमा गह्रौ भारी बोक्नु र पौष्टिक आहारको कमीलगायतका कारणले पाठेघर खस्ने समस्या देखापरेको हो ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक बलबहादुर महतले पाठेघर खस्ने समस्यासम्बन्धी जनचेतना कमी, स्वास्थ्य सेवा प्रभावकारी नहुनु र महिलामाथि अत्यधिक कामको बोझले गर्दा पाठेघर खस्ने समस्या बल्झिदै गएको बताए । उनका अनुसार १५ देखि ४९ वर्ष समूहका महिलामा बढी पाठेघर खस्ने समस्या देखा पर्ने गरिएको छ ।
जनस्वास्थ्य कार्यालयले विसं २०६४ देखि निरन्तररूपमा शिविर सञ्चालन गर्दै आएको छ । गत वर्ष शिविरमा एकसय जनाको पाठेघरको शल्यक्रिया गरिएको थियो । “गर्भवती महिलामध्ये २५ प्रतिशतमा पाठेघर खस्ने समस्या रहेको पाइएको छ” अधिकृत महतले भने ।
पहिलो र दोस्रो तहको समस्या देखिएका महिलाका लागि जनस्वास्थ्य कार्यालयले २०६४ सालदेखि ‘भेजीनल पेसरी’ अर्थात महिलाको खसेको पाठेघरलाई रोक्न रिङ राख्ने कार्य गर्दैै आएको छ ।
पाठेघर खसेको पहिलो चरणमै उपचार गराए रोकथाम गर्न सकिने भएपनि सामाजिक लोकलाजका कारण अझै महिला उपचारका लागि नआउँदा समस्या रहेको अधिकृत महतले बताए । पाठेघर खसेकामध्ये केहीमा क्यान्सर रोगसमेत पाइने गरिएको छ । रासस: