HIV सङ्क्रमित नौ बालवालिकालाई मासिक भत्ता I

त्रिशूली (नुवाकोट), १ कात्तिक ,

जिल्लामा एचआइभी र एड्स सङ्क्रमित नौ जनालाई मासिक रुपमा रकम प्रदान गरिने भएको छ । ग्लोबल फन्डको सहयोगमा एचआइभी÷एड्स सङ्क्रमित तथा प्र्रभावित बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणका लागि सामाजिक संरक्षणको लािग मासिक रु एक हजार प्रदान गर्न थालिएको एचआइभी÷एड्सको विरुद्ध क्रियाशील संस्था त्रिशूली प्लसका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिए । 

सेभ द चिल्ड्रेन र सरकारको सहयोगमा सन् २०११ देखि सुरु भएको सामाजिक संरक्षण अनुदान नुवाकोटमा यस वर्षदेखि सुरु भएको छ । त्रिशूली प्लसको रेखदेखमा रहेका नौ बालबालिकालाई यही अक्टोबरदेखि भत्ता वितरण सुरु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सामाजिक संरक्षण अनुदानका लागि प्रभावकारी बनाउन निर्देशिका जारी गरेपछि निर्देशिकाका आधारमा जिल्ला जिल्लामा एचआइभी सङ्क्रमित तथा प्रभावित (कावा) समिति गठन गरी कार्यान्वयन गर्नेछ । 

सो कार्यक्रमअन्तर्गत ४४ जिल्लामा अठार वर्ष उमेरमुनिका ९९० जनाले सुविधा प्राप्त गरेका छन् । अनुदान प्राप्त रकम दुरुपयोग हुन नदिन र सही रुपमा खर्च गराउने उद्देश्यले नाबालकलाई बैंकमार्फत भुक्तानी गरिने त्रिशूली प्लसका अध्यक्ष सिटौलाले बताए । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com