काठमाडौं आज पनि त्यस्तै होला जस्तो मैले छाड्दा थियो । बस,माइक्रोबस,ट्याक्सी,टेम्पु र मोटर
साइकलहरुको नमिठो आवाज अनि पेट्रोल र डिजेलहरुबाट निस्किएको धूवाँ र बाटाहरुमा उडिरहेको धूलोहरु
ले काठमाडांैलाई नै धमिलो बनाएको होला, फोहारमैला राम्रोसँग व्यावस्थापन गर्न नसक्नु काठमाडांै
प्रदूषणको एक मुख्य कारण हो,जसले काठमाडौंलाई दैनिक कुरुप र दुर्गधित बनाइ रहेको छ ।
जता गए पनि
मान्छेहरुको भीडैभीड । पैदल हि“ड्नेहरुको भीड बसमा पनि त्यस्तै भीड, सपिब सेन्टरमा होस् या होटल र र
ेष्टुरेन्टहरुमा होस् जता गए पनि त्यतिकै भीड । हस्पिटल र मठमन्दिरहरुमा मात्र होईन,रत्न पार्कमा बस्नेहरु
को पनि त्यतिकै भिड । जनचाप पनि घनचाप नै छ, मेलम्चीको पानी ल्याउने अनि काठमाण्डौंका जनताहरुको
प्यास मेटाउने सपना एकादेशको कथा बनेको छ ।
सम्झें देशको राजधानी हो काठमाण्डौं, फेरि एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकोले स्वदेशी तथा विदे
शीहरु बिमानमार्गबाट आवतजावत गर्नेहरु जसरी पनि काठमाडौं पुग्नैपर्ने भएकोले पनि हो यति धेरै भीडभाड
भएको । अनि उच्चशिक्षा देखि राजनीतिसम्मको लागी सम्पूर्ण सेवा–सुविधासम्पन्न ठाँउ र भू–भागीय हिसाबले
सानो ठाउ“ भएकोले पनि यति धेरै भीड भएको हो ।
हरेक कुराको केन्द्रबिन्दु हो काठमाण्डौं, त्यसैले
अशिक्षित,अर्धशिक्षित र शिक्षितहरु अवसरको खोजी गर्दै यहाँ नै जम्मा हुने भएकोले यहाँ भीड त हुने नै भयो ।
तर काठमाडौमा बेफुर्सदिला मान्छेहरु पनि धेरै देखें । कसैले कसैको बारेमा सोच्ने र सोध्ने समय हुदैन ।
यतिसम्म कि एउटा छानाको वल्लो र पल्लो कोठामा बस्नेहरुको पनि बोलचालसम्म पनि हुन सक्दैन ।
मलाई एउटा सौभाग्य नै मिलेको मान्नुपर्छ यी सबै दृष्यहरुलाई फुर्सदमा निहाल्ने मौका मिलेको थियो
। मन्दिरहरुमा जाँदा जोडी जोडी पे्रमी–प्रेमीकाहरु अभर पर्दै बिजोगले मायापिरती गाँसिरहेको पनि दे
ख्न पाइयो । मलाई त्यतिबेला काठमाडौंका पूर्वमेहर केशव स्थापितले भनेको कुरा साह्रै चित्त बुझ्यो । ठिकै
रहेछ कुरा काठमाडौंमा एउटा लभपार्क जरुरी नै रहेछ ।
आफ्नो घर जस्तो हुदैन रहेछ परदेश,यो कुरा बिदेश लागे पछि मात्र थाहा पाएँ । आफ्नो जन्मभूमिको माया
आफन्तहरुको यादहरु आफू टाढिएपछि थाहा पाएँ । जतिबेला अध्यायन गर्दै थिए“, त्यतिबेला आमाबाबाले
अनि गुरुहरुले धेरै पढोस् भन्ने चाहाना राख्नुहुन्थ्यो ।
मलाई याद छ, छोराछोरीको लागि भनेर आधा पेट
खाएर पनि हाम्रो आवश्यकता पुर्ति गर्न कहिल्यै पछि पर्नु भएन । यसमा जति नै शब्दहरु खर्च गरे कमी नै रहन्छ ।
मधौराले माड नखाइ दिए पछि कस्को के लाग्दो रहेछ र ? मन लगाएर कहिल्यै पढिएन । अहिले मलाई थाहा
हुदैछ यो दुनियामा शिक्षा र शिक्षित मान्छेको महत्व कति रहेछ भनेर । मैले यी शब्दमा विश्वास गरीन“ । त्यसैले
पढ्ने समयमा पढिएन । नेपालीमा एउटा उखान छ– पढी गुनी के काम हलो जोति माम भने जस्तै मामको खो
जीमा म विदेशिए हली हुन ।
विदेशिनु कसै–कसैको रहर मात्र पनि हुन सक्ला । तर मेरो भने बाध्यता नै हो । यो बाध्यता पनि कस्तो नमिठो
र निष्ठूरी हुदो रहेछ ।
जब मान्छेहरुलाई बाध्यताले अठ्याउ“छ तब आफ्नो रहर,चाहाना,आकांक्षाहरुलाई
आफैंले हत्या गरी बाटोहरु बदल्नुपर्दो रहेछ । त्यसैको एउटा उदाहरण म पनि हँु ।
परदेशीको कथा कहानीहरु एउटा परदेशीले न भनेर सक्छ । न त कहिल्यै लेखेर नै सक्छ । धेरैको हालत मे
रो जस्तै होला । हुन पनि म विदेशीएको हली न हँु । दैनिक पसिना र आ“सु बगाउदै जिउनुपर्ने मेरो नियति
नै बनेको छ । हरेक काम गर्दा आफ्नो मान्छेको यादमा हराउनु पर्ने । कहिलेकही“ शून्यशून्य भएर
एकहोरिनु सामान्य नै मान्नु पर्छ । आफ्ना आाफन्तहरुको यादमा हराउ“दा आफ्नै आमाको ममतामयी काखमा
निदाएजस्तो लाग्दो रहेछ । जति याद ग¥यो त्यति नै आनन्द । नसाले लट्ठिएको मान्छेले नसा नै खोजे जस्तै
तिनै मिठो यादहरुमा झूण्डीरहन चाहान्छ यो मन । यसरी यादै यादमा कति रातहरु त झिमिक्कै ननिदाई
बिताएको पनि छु मैले । त कहिलेकहीँ आधारातमा झसङ्ग ब्य“ूझिएको पनि छु ।
परदेश लाग्दै गर्दा मलाई पु¥याउन काठमाडौंमा आएकी थियौ तिमी । ति दिनहरु हाम्रो लागि जीवनकै सुखद
अवसरमा पर्छन् । काठमाडौंको घुमघाममा धरहराबाट काठमाडौंलाइ निहाल्दा होस् या धरहराकै काखमा बसे
र मःमः खादा होस् या फेरी सातदोबाटोतिर घुम्दा होस् त्यो पलहरुले दिल भित्र मिठो स्मृती छाडेको छ ।
मनकामना जाँदाको क्षण झनै रमाइलो भएको थियो ।
यस्तै खुसीमा रमाउ“दारमाउ“दै छुट्टिने दिन पनि आइ पुगेछ । त्यस दिन निद्राले चा“डै छाडेको थियो । लगेजहरु
प्याकिब गरिसकेपछि दिनभरि रुममा नै बस्यौं । अनि दुुुुुःखसुखका कुराहरु ग¥यांै । तिमीले मलाई सम्झउदै
भनेकी थियौ– परदेशमा आफ्नो ख्याल गर्नु, फोन ज्यादा नगर्नु, बोल्न त मन लाग्छ नी तर कमाए जति सबै
फोनमा नै सकियो भने तपाई“ र मैले आफ्नो मनलाई रुवाउदै छुट्टिनुको सार्थकता नै के रहला र ? मन
कहिल्यै नदुखाउनु, चित्ता बुझाउनु यस्तो कुराहरु सम्झायौ मलाई मेरो जन्म दिने आमाले कहिलेकहीँ
यसरी नै सम्झाउनुहुन्थ्यो ।
यी भावना र शब्दहरुमा मैले आमाको मन आमाको माया पाएँ । अनि मैले तिम्र
ो हर कुराहरुलाई कबुल गरें÷मन्जूर गरें ।
तिमीले अगाडि भनेकी थियौं – मेरो बारेमा त चिन्तै नगर्नुहोला । साँच्चो मेरो मनको कुरा सुन्नुहुन्छ
भने म पहिला मरें भने पनि मेरो लासलाइ कुनै छोरा मान्छेहरुलाई छुनुसम्म पनि नदिनु होला । किनभने
म मरेर पनि तपाई“की मात्र हुन चाहान्छु । त्यति बेला मेरो मन निकै भावुक भएको थियो । तिमीलाई छाडेर
आउ“नलाई पटक्कै मन थिएन । छाती चिरेर तिम्रो मुटु र मेरो मुटुलाई फलामको साब्लोले बा“धेर कसैले
नदेख्ने र नभेट्ने ठाउ“मा राख“ुजस्तै लाग्दै थियो । त्यो पल मलाई रामायणमा रावणले सीतालाइ हरेर लंका
लैजा“दा रामचन्द्रलाई जस्तो पीडा भएको थियो त्यस्तै पीडा भयो ।
दरबार हत्याकाण्डमा १५ मिनट अगि मात्र
बोलेर छुट्टिएकी देवयानीलाई युवराज दीपेन्द्रको हत्या ह“ुदा जस्तो दर्द भएको थियो मलाई पनि त्यस्तै
दर्द भयो । तर हाम्रो प्रसङ्ग फरक थियो,त्यसैले मनलाई सम्हाल्न अलि सजिलै भयो ।
हुन पनि तिमीले हि“ड्ने बाटो दियौ, बाँच्ने चाहना दियौ, सिङ्गो जीवन दियौ, सिङ्गो संसार दियौ । अनि ले
ख्ने मिठो बहाना दियौ । त्यसैले म आज मुना–मदन जस्तै मायापिरतीमा समर्पित एउटा सर्वोत्कृष्ट पुस्तक ले
ख्ने साहास गर्दैछु । म जे पनि लेख्ने छु त्यसको सम्पूर्ण श्रेय तिमीलाई नै जानेछ । अझ भनौं मेरो
कलमको सकिइसकेको मसी तिमीले भरिदियौ, त्यसैले मेरो सबै सृर्जना समर्पण तिमीलाई नै गर्नेछु । मैले
यसो भन्दा तिम्रो मुहारमा हल्का हा“सो छाएको थियो ।
यस्तै गफ गर्दागर्दै हाम्रो विमानस्थल जाने समय पनि भएछ ।
हामी जाने बाटोमा नै अंकलको घर पथ्यो
र्
। उहाँको निम्तोलाई पनि टार्न सकिएन । त्यसैले अंकलको घर हुदै गयौ । अंकलको घरमा नै मन
नलागी नलागी खान पनि खायौं । अंकलले पनि धेरै कुराहरु सम्झाउनु भयो । श्रीमान्–श्रीमती भनेको
जीवनको अन्तसम्म एक एर्काको साहारा हो । एउटा मुटु दुइ शरीर हो । एउटाको मन दुख्दा अर्कोको आ“सु
झर्छ......मन दह्रो बनाएर छुट्टिनु पर्छ । राम्रो गर्नु, राम्रो गरे, राम्रै हुन्छ । यस्तै–यस्तै धेरै कुराहरु
सम्झउनु भयो । हामी उहाँको शुभआशीर्वाद लिएर विदा भयौं ।
हामी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा काउन्टर खुलिसकेको थियो । सबै आ–आफ्नै सुरमा थिए । सबै लगेजहरु चे
ज गराउदै थिए । निक्कै लामो लाइन थियो, हामी पनि लाइनमा उभियौ । सबै आफन्तलाइ पु¥याउन आएको
थिए । त्यसैले त्यहाँ छुट्टिनुको पीडाले सबैको मन उदास उदास थियो हालत उस्तै–उस्तै थियो , हाम्रो पनि
त्यस्तै थियो ।
यत्तिकैमा मेरो पालो पनि आयो, अब छुट्टिनु नै पर्ने भयो । त्यति बेला तिमीले राम्रो सँग जानु पुगेबित्तिकै
फोन गर्नु । मेरो त ज्यान मात्र यहाँ मन त तपाइर्“स“गै हुनेछ भन्दै आशु खसाएकी थियौं । आफ्नो अगाडि
आफ्नो मान्छेको आ“सु कस्ले पो देख्न सक्छ र ? मेरो परेलीले आ“सु छेक्न सकेनन । थाहै नपाई मेरो पनि
आ“सु चुहिन थालेछ । त्यति बेला नै बर्षै अघिको एउटा प्रसंङ्ग सम्झिन पुगे ।
गाउ“को एक जना दिदी उहाँको श्रीमान् विदेश तिर जा“दा मैले हा“स्दै सोधेको थिए दिदी ! भेना पर
देश जाँदा तपाई“ किन रुनुभएको ? ती दिदीले भनेकी थिइन्–भाइ तिमी पनि विवाह गर्नु अनि छोडे
र जानु परोस् त्यतिबेला थाहा हुन्छ म किन रोएकी रहेछु भनेर । यताउति हेरें भित्रभित्रै लाज पनि लाग्यो
। मनलाई सम्हालें ।
हुन पनि त्यति बेला मैले मेरो भावनालाई भन्दा पनि तिम्रो भावनालाई नै धेरै
बुझ्नु पर्ने थियो ।
मैले महसुस गरें चोट त चोट नै हो, शरीरको जुनसुकै भागमा लागे पनि दुखाइ उस्तै हुन्छ । दुखाइ पनि
दुइ खालको हुदो रहेछ । शारीरीक दुखाइ र भावनात्मक दुखाइ । शारीरीक दुखाइ भन्दा पनि असह्य हुदो र
हेछ भावनात्मक दुखाइहरु । राम्रो सँग बाइ पनि भन्न पाइएन भन्ने मनमा गुनासाहरु लिदै बिदा भएको
थियौं । संयोग पनि कस्तो गजवको आजको दिन नै तिम्रो र मेरो विवाहको वार्षिककोत्सव हो । तिमी आजकै
दिन बुडा सुब्बा गइछौ । तिम्रो र मेरो विवाह पहिलेकै भालक थियो ।
आज फोनमा तिमीले सबै कुराहरु सुनायौ
। मैले पनि सात समुद्रपारिबाटै हाम्रो सुखद भविश्य र सफल जीवनको कामना गरें । अनि हामीले बाँसहरु
मा लेखेका हाम्रो नामहरु अझै पनि जस्ताको तस्तै रहेछ भन्ने कुरा सुन्न पाउदा स्वार्गीय आनन्द मिल्यो
। मैले ति बाँसहरुमा लेखेको हाम्रो नाम हेर्न पाएको भए म कति खुसी हुने थिए“ । एकैछिन भए पनि हाम्र
ो विवाहको कुरा भयो । दाम्पत्य जीवनको कुरा भयो । अनि हामी छुट्टिदाखेरिको अमिलो क्षणको कुरा भयो ।
त्यतिबेला हामी जस्तै पीडा बोकेका सबै रुदै थिए । समय र माहोल नै त्यस्तै थियो, हामी मात्र कहाँ होर प्रि
य तिमी सगँ छुट्टिदा काठमाडौं पनि रोएको थियो ।
चकेन्द्र 'कैदी’राई