भर्जिनिया आश्विन २६,
विजय थापा
डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपाली अभियन्ताहरुको संगठन नेपाली इन्जिनियर्स संघ ,डिसी शाखाको आयोजनामा नेपालमा दैबी प्रकोप न्यूनीकरण सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ
उक्त कार्यक्रममा नेपालमा बेला बखतमा हुने भुकम्पलाई कसरि न्यूनीकरण गर्ने भन्ने बिषयमा बिसेष प्रस्तुति गरिएको थियो ।
मुख्य वक्ता डा अमोद मणि दीक्षितले भुकम्प तथांक हेरेर नआउने बताउदै बिद्रोह गरेर आउने भन्दै हैटी र नेपालको ९० सालको जस्तो भुकम्प नेपालमा आए एक लाख भन्दा ज्यादा जनधनको क्षति हुने सम्भावना रहेको बताएका थिए । उनले थप जानकारी दिदै नेपालमा करिब त्रियानब्बे प्रतिसत घर डकर्मी द्वारा निर्माण गरिएको बताउदै २०४५ सालको भुकम्पको पिडा अहिले सम्म भोगेको उल्लेख गरेका थिए ।
यस्तै गरि अर्का अतिथि वक्ता सुर्य नारायण श्रेष्ठले दैबी प्रकोपलाई परिवर्तन गर्न तयार भएको बताउदै दैबी प्रकोप हुन् न दिन हाम्रो प्रयास रहने प्रतिबद्धता जाहेर गरेका थिए ।
डिसी शाखाका पुर्व अधक्ष्य ठाकुर ढकालले नेपालमा कुनै पनि समयमा भुकम्प जाने छ भन्दै यदि ६.५ भन्दा ज्यादा रेक्टर स्केलको भुकम्प आएमा जम्मै घर भत्कने सम्भावना रहेकोले यसलाई कसरि न्यूनीकरण गर्ने भन्ने बिषयमा छलफल गरि सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए । पत्रकार राम सिंह बस्नेतले भुईचालो भन्ने शब्द हाम्रो जीवन संग गासिएको हुन्छ भन्दै सतर्कता अपनाउनु पर्ने बताए । अधक्ष्य दिपेन्द्र पोखरेलले करिब अमेरिकामा एक सय भन्दा ज्यादा नेपाली मुलका अभियन्ताहरु द्वारा स्थापित गरिएको यो संस्था हो भन्दै आफ्नो मन्तब्य राखेका थिए।