स्वास्थ्य चौकीमा अहेब नहुँदा बिरामीले सास्ती I

मेलम्ची आश्विन २९,

सिन्धुपाल्चोक जिल्लाको शिखरपुर गाविसमा रहेको स्वास्थ्य चौकीमा अहेब नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । स्वास्थ्य चौकीमा अहेब नहुँदा सामान्य उपचारका लागि पनि घन्टौँ हिँडेर मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा पूर्णप्रसाद दाहाल बताउँछन् ।

उनका अनुसार स्वास्थ्य चौकीमा सात महिनासम्म अहेब नआएको र त्यसप्रति जिल्ला जनस्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै चासो देखाएको छैन । यस सम्बन्धमा सोही स्वास्थ्य चौकीका अहेब वैद्यनाथ गुप्ता भन्छन् ‘मैले चार वर्षका लागि बेतलबी बिदा लिएर पढ्न बसेको छु, मेरो ठाउँमा जिल्ला जनस्वास्थ्य कार्यालयले अर्को अहेब पठाउनुपर्ने हो तर अहिलेसम्म पनि किन नपठाएको हो मलाई कुनै जानकारी छैन ।’ रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com