२ नेपाली महिला BBC को उत्कृष्ट सूचीमा

काठमाडौँ, १३ कात्तिक,

बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ र्सर्भिस -बिबिसी) को बनाएको संसारभरका सय महिलाको सूचीमा नेपालका जया लुइँटेल र दर्शन कार्की परेका छन् ।

लुइँटेल पत्रकार र महिला अधिकारकर्मी हुन् भने कार्की द काठमाडौँ पोष्ट दैनिककी विचार पृष्ठ सम्पादक र ब्लगर हुन् । कला, साहित्य, उद्यम राजनीतिजस्ता पेसामार्फ महिला सशक्तीकरणमा महत्वपर्ूण्ा प्रभाव पार्नेलाई विश्वभरिबाट छनोट गरी बिबिसीले प्रत्येक वर्षसय जना उत्कृष्ट महिलाको सूची र्सार्वजनिक गर्छ ।

बिबिसीले आफूले बनाउने समाचार र उठाउने विषयवस्तुमा महिलाको पनि प्रतिनिधित्व र योगदान होस् भनेर २०१३ सालदेखि यस्तो सूची बनाउन सुरु गरेको हो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com