काठमाडौँ, २६ असोज,
‘शताब्दी पुरुष’ सत्यमोहन जोशीलाई उहाँकै उचाइ बराबरको ताम्रपत्रद्वारा सम्मान गरिने भएको छ ।
त्रिमूर्ति निकेतनले आगामी मङ्सिर पहिलो हप्ता सप्तनागजडित ताम्रपत्रसहित सम्मान गर्न कलाकार रामकृष्ण शिल्पकारले काम गरिरहनुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले बताउनुभयो । पञ्चानब्बे वर्षीय संस्कृतिविद् जोशीलाई नेपाली साहित्यमा लामो समय योगदान पुर्याएबापत शताब्दीकै उत्कृष्ट पुरुष घोषणा गरी रु पाँच लाख पुरस्कारद्वारा सम्मान गरिँदैछ ।
“नेपालको संस्कृति पहिचानमा उहाँको अतुलनीय योगदान छ”, रासससँग कुरा गर्दै प्रसाईंले भन्नुभयो, “संस्कृतिविद् एवम् साहित्यकार जोशीले नेपाली साहित्यमा शताब्दीकै उत्कृष्ट काम गर्नुभएकाले सम्मानस्वरुप जनस्तरबाट सो पुरस्कार दिन लागिएको हो ।”
नाटककार, समालोचक र कवि जोशी अहिले पनि नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा उत्तिकै क्रियाशील हुनुहुन्छ । नेपाल भाषा एकेडेमीका कुलपति जोशीलाई सम्मान गर्न भूपालमानसिंह कार्की प्रज्ञा परिषद् र नइ प्रकाशनले पनि आर्थिक सहयोग दिनेछन् ।
सत्यमोहन जोशी शताब्दी महोत्सवका अध्यक्षमा प्रा. डा. उषा ठाकुर रहनुभएको छ । ललितपुर बक्खुबहालवासी जोशीलाई जनस्तरबाट १४ अञ्चलबाट अभिनन्दन गरिने र समारोहमा २० मुलुकको सहभागिता रहने बताइएको छ । रासस :