गजल By, मानन्धर अभागी


 गजल By,   मानन्धर अभागी 

पूर्णिमाको रात छ क्षितिज तिम्रो साथ छ
तिम्रो त्यो हातमा ती सुन्दरीको हात छ

प्रेमी प्रेमिकाको माया यौटा उदाहरण
 मदन मुना जस्तै तिमीहरूको क्या बात छ

एक अार्का विना बाँच्न नसक्ने जिन्दगी
ढुकुर जस्तै जोडी माया प्रीतिको खात छ

कसैले छुटाउन खोजेमा , वरु मर्छु भन्छौ
प्रेम भनेको यस्तो पो मर्न वरु आँट छ

मलामी नजाने रे आफ्नै छोराको लाश
कस्तो यो संस्कार ? मनुष्यको यस्तै जात छ ।

  मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com