गजल By, मानन्धर अभागी
मलाई अँगालो हालेर कति खुशी उनी
धकेल्यो सागरमा हाँसेर कति खुशी उनी
मेरो विराम के थियो बताउँदिनन् उनी
आज भोलि सरापेर कति खुशी उनी
उसको चाहना के हो बुझ्नै सकिँन मैले
त्यो धरापमा पारेर कति खुशी उनी
जस्को भाग्य कोरिदिएँ आज हेरी उसैले
मेरै कुरा काटेर कति खुशी उनी
सँगै यात्रा गर्दैगर्दा दुर्घटनामा म मरें
आफू चाहीँ बाँचेर कति खुशी उनी ।
मानन्धर अभागी